पोखरामा गुड्यो सोलार कार!
पोखराको लामाचौरमा रहेको इन्जिनियरीङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीले सोलारबाट चल्ले कार निमार्ण गरेर शुक्रबार प्रर्दशन गरेका छन्।
क्याम्पसको मेकानिकल विभागमा अन्तर्गतको चौथो वर्षमा अध्ययनरत विद्यार्थीले सोलार कार निमार्ण गरेका हुन्।
उर्जा संकट निवारण र वातावरण प्रदुषण नियन्त्रण गर्ने उद्धेश्यले करिब ३ लाखको लागतमा कारको निमार्ण गरेको सागर अधिकारीले बताए।
उनले चार वटा व्याट्री, १ सय ५० एम्पिएरको सोलार प्यालन, ९ वाटको डिसि मोटरबाट कार सञ्चालन ल्याएको हो। चालकसहित चार जनाको क्षमता रहेको कार निमार्णका लागि करिब साढे एक वर्ष लागेको उनले बताए। विद्युतबाट पनि व्याट्री चार्ज गर्न सकिने र घामबाट ७ घण्टामा फूल चार्ज हुने कृष्ण तिमिल्सिनाले जानकारी दिए।
उनले एक पटक चार्ज भए पछि ६ घण्टासम्म चल्ने बताए । उनले प्रतिघण्टा ३० किलोमिटर गति क्षमता रहेको उनले बताए । यो कारको तौल ५ सय किलोको रहेको छ। उनीहरुले पुराना सवारीका सामान र कोइलाबाट सञ्चालन हुने सवारीका पार्टपूर्जाबाट कार निमार्ण गरेका हुन्।
प्रयास रिजाल, दिपेश कार्की, खगेन्द्र कार्की, राजन खनाल, सौगात कोइराला, सागर अधिकारी, कृष्ण तिमिल्सिना र सुमित ढकालले संयुक्त रूपमा कार बनाएका हुन्। यो कार निर्माणले विश्वमा हुँदै गएको उर्जा सङकटको उचित समाधान गर्न सहियोगी हुने, वातावरण मैत्री, छोटो दुरीका सवारी साधनको उपयुक्त विकल्प हुने उनीहरूले दाबी गरेका छन्।
सरकारले सहयोग गरे ४ लाख रूपैयाँमै आधुनिक सोलार कार बनाएर बजारमा ल्याउन सक्ने उनीहरूको दाबी छ।