गायिका ममता लामाको पहिलो गित " नियाली हेर " सार्बजनिक भएको छ । पर्सा जिल्लाको निर्मलबस्ती -४ ब्रम्हनगर घर भाई हाल काठमाडौं बालाजुको गिताञ्जली कलेज मा कक्षा ११ मा अध्ययनरत ममताको पहिलो गीत सार्वजनिक भएको हो । युवा गायक तथा संगितकार आषिक प्रजापती को शब्द र संगित रहेको उक्त गीतमा ममता सँगै आषिक प्रजापतिको पनि स्वर रहेको छ । BP Flims ले निर्माण गरेको उक्त गीतको म्युजिक भिडियो मलेशियाको पुत्राजयामा छायाँकन गरिको छ । भिडियोमा निक्स र कुन्चुले अभिनय गरेका छन् ।
आफ्नो पहिलो प्रयासले साह्रै नै उत्साही भएको बताउँदै ममताले बाबु कृष्ण कुमार लामा ,आमा कुमारी लामा , दिदी सुष्मा लामा र साथिभाई हरुको निरन्तर हौसला एंव मायाले आफु यहाँ सम्म आईपुगेको बताईन् । आफुले दर्शक एंव श्रोताको अझ धेरै मायाको अपेक्षा गरेको बताउने ममता अहिले आस्था कला केन्द्र चक्रपथमा संगीत सिक्दै पनि छिन् ।

