यूएईमा नेपाली सेक्यूरीटी गार्डको विजोग, उद्धार गरिदिन आग्रह
युएईको सार्जामा ३० नेपालीहरु अलपत्र परेका छन् ।
विगत ११ महिना अघि दुवईको सेक्यूरीटी गार्डको लागी भन्दै लगिएका ३० नेपाली सेक्यूरीटी गार्डहरु अहिले अलपत्र परेका हुन् । उनीहरुलाई दुवईको लिडर सेक्यूरीटी गार्डले नेपाल स्थित हिमारब ओभरसिज र एन. सि. एफ मेनपावरबाट लगिएका नेपाली सेक्यूरिटी गार्डलाई २६ दिन १२ घण्टाको १७८१ दिराम र ३० दिन काम गरेमा २०८१ दिराम दिने सम्झौता भएपनि सम्झौता अनुसारको रकम हाल ११ महिना भएपनि सम्झौता अनुसार तलब नपाएको उनीहरुको गुनासो छ ।
हाल २, ३, कहिले ९ १२ सय गर्दै तलब दिने गरेको दुवई स्थित त्यस कम्पनिमा कार्यरत मिङमा तामाङ बताउनु हुन्छ । सम्झौता अनुसार कम्पनीसंग तलब माग्दा स्थानीय युवाहरु लगाई आफूहरु बसेको क्याम्पमै पुगी डर धम्की देखाउने गरेको उनको भनाई छ ।
यसबारे युएईस्थित नेपाली दुतावास र लेवर कोर्टमा जानकारी गराउँदा समेत कुनै पनि निकास निस्कन नसकेको उनीहरुको दुःखेसो छ । हाल आएर आफूहरुसंग लेवर कोर्ट जान सम्म पैसा नभएको र खानाको लागि समेत रकम नभएकोले खाना समेत मुस्किल भएको उनीहरुको गुनासो छ । दिन प्रति दिन अवस्था नाजुक बन्दै गएकाले चाडो भन्दा चाडो उद्धार गरी नेपाल फिर्ता गरिदिनु उनीहरुले आग्रह समेत गरेका छन् ।
