![]() |
| काटिएको अवस्थामा खुट्टाको भाग |
विराटनगरमा एक होस्टेल वार्डेनको विभत्स हत्या भएको छ । शरीरका सबैजसो अङ्ग टुक्रा टुक्रा पारेर फ्यालेको अवस्थामा ती वार्डेनको शव भेटिएको हो ।
सुनसरीको औरावनी गाविस-५ निवासी अक्सर्फोस होस्टेलका वार्डेनका वार्डेन २२ वर्षीय बिनोद यादवलाई अज्ञात समूहले विभत्स ढंगले हत्या गरेको हो । शरीरका सबैजसो अङ्ग टुक्रा परेको अवस्थमा ती वार्डेनको शव होस्टेलमै भेटिएको हो ।
उनी विराटनगरकै एक निजी विद्यालयमा पनि काम गर्दै आएका थिए । होस्टेल नजिकै डेरामा बस्दै आएका यादवलाई सोमबार राति ९ बजेको समयमा एक समूहले बोलाएका थिए ।
त्यसपछि उनलाई होस्टेलबाटै मोटरसाइकलमा हालेर लगिएको थियो । तर राति मोटरसाइकलमा लगिएका यादवको शव टुक्रा टुक्रा भएको अवस्थमा होस्टेलमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यादवको शरीरको भागहरु टाउको, खुट्टा, हात र अन्य अङ्ग पनि गिँडेर टुक्रा टुक्रा बनाइएको छ ।
राति मोटरसाइकलमा लगिएका यादवको शव दुई तल्ले सुनसान होस्टेलको भुइँ तल्लामा तन्नामा पोको पारिएको अवस्थामा फेला परेको हो ।
होस्टेलमा एकजना १३ वर्षीय बालकमात्रै बस्ने भएकाले यो घटनाबारेमा कसैले थाहा पाउन सकेनन् । प्रहरीका अनुसार यादवको टाउकोलाई रातो कपडा र खुट्टालाई निलो रंङ्गको तन्नामा पोको पारेर राखिएको थियो ।
शरीरको कम्मरको भागलाई भने डसनामा बेरेर राखिएको थियो । यादवले लगाएको माला, घडी र चप्पल लगायतका सामान शवसँगै पोको पारेर राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
मोरङ प्रहरीले यो घटनाबारेमा अहिलेसम्म केही खुलाएको छैन । तर, यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ थालेको स्रोतको दाबी छ ।
घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
