विदेशमा कामदारको मृत्यु भएमा परिवारलाई दिइने ५ लाख क्षतिपूर्ति रकमलाई सरकारले बढाएर ७ लाख रुपैयाँ पुर्‍याएको  छ। संसद बैठकमा सरकारको कार्ययोजना प्रस्तुत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले ५ लाखमा २ लाख थप गरिएको बताए।

अहिले विदेशमा कामदारको मृत्यु भए उनीहरुका परिवारलाइै क्षतिपूर्ति रकम लिन निकै झन्झटिलो प्रक्रिया छ। त्यो प्रक्रियालाई पनि सहज बनाइने प्रधानमन्त्री दाहालले बताए। त्यस्तै विदेशमा मृत्युदण्ड सुनाएका नेपालीलाई ५ लाख ब्लड मनि उपलब्ध गराइने उनले बताए।

बाँकी रकम सहयोगका लागि अपील गरिने उनले बताए। विदेशमा रहेका कामदारहरुलाई खाडी मुुलुकमा राह्दानी लिनका लागि दस्तुतमा कम गरिएको प्रधानमन्त्री दाहालले बताए।

८० डलर दस्तुरबाट ५० रुपैयाँमा झारिएको उनले बताए। विदेशमा अलपत्र परेकाहरुको रिर्पोट गर्ने काम भइरहेको भन्दै प्रधानमन्त्री दाहालले विदेशका अस्पतालमा रहेका नेपालीहरुबारे पनि जानकारी लिने काम भइरहेको बताए। विदेशमा रहेका कामदारको गुनासो सुन्नका २४ सै घन्टा हटलाइनको व्यवस्था गरिने उनले बताए।

हटलाइनमा फोन गर्दा पैसा नलाग्ने बनाइने प्रधानमन्त्रीले बताए। कामदार रहकै देशमा वीमा र श्रम स्वीकृति नविकरणको व्यवस्था गरिने उनले बताए। विदेश जान लागेका तर फर्म भर्न नजान्ने कामदाहरुका हकमा विमानस्थलमा नै एडभान्स प्यासेन्जर इफरमेसजन सेन्टर संचालन गरिने उनले बताए।
 
Top