१२ हजार फिटमा उडिरहेको नेपाल एयरलाइन्सको ककपिटमा धुँवा देखिएपछि…
काठमाडौं, १० असोज । दिल्लीहुँदै काठमाडौं आएको नेपाल एयरलाइन्सको एयसबसलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा सोमबार अपरान्ह आकस्किमक अवतरण गराइएको छ।
२०५ नम्बरको एयरबस अवतरण गर्ने क्रममा ककपिटमा धुँवा देखिएपछि अपरान्ह साढे तीन बजे फोर्स ल्यान्डिङ गरिएको हो । करिब २५ हजार फिट आउँदा अचानक धुँवा देखिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
विमानस्थललाई खाली गराएर अग्नी नियन्त्रक, विशेष उद्धार टोललाई एयरपोर्टमा तयारी राखेर आपतकालीन अवतरण गराइएको थियो । जहाजमा रहेका सबै यात्रु सकुशल छन् । विमानमा चालक दलका सदस्यसहित १ सय ४६ जना थिए।
