माडीको विकास तीव्र रुपमा अघि बढाउन माग गर्दै सर्वपक्षिय टोलीले मन्त्रीहरुको भेटघाटलाई तीव्र पारेका छन् । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको माडी क्षेत्र विकसमा पछाडी परेको भन्दै सबै एक्यवद्ध भएर विकासको अभियानमा जुटेका छन् । टोलीले बुधबार शिक्षा मन्त्री धनिराम पौडेललाई सो टोलीले माडीको शिक्षाको विकासका निम्ति माडी क्याम्पसको स्तरोन्नति गरी त्रिविको आंगिक क्याम्पस बनाईदिन आग्रह गरेको थियो । शिक्षामन्त्री पौडेलले माडी क्याम्पसलाई आंगिक क्याम्पसका रुपमा अघि बढाउन त्रिविको सिनेटमा लैजाने आश्वासन दिएको वाईसीयल नेता सन्तोष पनेरुले जानकारि दिए ।

यस्तै सर्वपक्षिय टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवासमै पुगेर भेट गरेको थियो । माडी नगरपालिकाका प्रमुख कार्यकारि अधिकृत रामप्रसाद सापकोटाले ९ बुँदे योजना मागपत्र बुझाएका थिए । मागपत्रमा रिउ खोलाको तटबन्धनलाई पहिलो प्राथमिकतामा राखिएको थियो । ठोरी नाकालाई भन्सार नाकाका रुपमा विस्तार गर्नुपर्ने, ठोरी केरुङग सडक, पुल निर्माण गरिदिनुपर्ने, सेरुवा–शिखारीपुर–सितलपुर–खैरहनी–बेलुवा–देवेन्द्रपुर–गोविन्दवस्ती कृषि सडकम निर्माण कार्यलाई तीव्र बनाइनुपर्ने, बघौडा अस्पतालको स्तरोन्नती गरि ५० शैया बनाइनुपर्ने लगायतका मागहरु पेश गरिएको कार्यकारि अधिकृत सापकोटाले बताए ।

 “पर्यटन प्रवद्र्धन गर्ने गरि वाल्मीकि आश्रम देखि सोमेश्वर गढीहुदै बैकुण्ठे ताल जाने पर्यटन मार्ग निर्माण गरिदिन समेत अनुरोध गरेका छौं”, उनले भने,“माडी पर्यटनको प्रचुर सम्भावना भएको क्षेत्र हो ।”भेटमा प्रधानमन्त्रीले ठोरी नाकाको स्तरोन्नती गर्न पहल गर्ने विश्वस दिलाएको भेटमा सहभागि यूवा नेता सन्तोष पनेरुले जानकारि दिए । ठोरी केरुङ मार्गलाई दूर्त रुपमा अघि बढाउन सरकारले पहल गर्ने भनाई राखेको उनले जानकारि दिए । यस्तै टोलीले सोमबार टोलीले उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरलाई चाँडो विद्युत सेवा सुचारु गर्न आग्रह गरिएको थियो । माडीमा विद्युत सवस्टेसन निर्माण पुरा भएपनि अझै विद्युत सेवा सुचारु हुन सकेको छैन । वितरण लाइनको काम अझै पुरा भएको छैन । उर्जामन्त्रीले तत्काल विद्युत सेवा सुचारु गराउन आवश्यक प्रक्रिया तीव्र गतिमा अघि बढाइने आश्वासन दिएको पनेरुले बताए ।


यस्तै यूवाहरुको टोलीले यूवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीसँग पनि भेटघाट गरेको छ । राष्ट्रिय महिला भलिवल प्रतियोगिताका लागि मन्त्रालयको सहयोग माग्दै टोलीले मन्त्रीलाई भेटेको हो । दीवकार भुषाल र तीर्थकुमारी भुषालको स्मृतिमा गर्न लागिएको प्रतियोगितामा ५ विकास क्षेत्रका र तीन वटा विभागिय टोलीको सहभागितामा प्रतियोगिता हुदैछ । कार्तिक २८ गते देखि सो प्रतियोगिता सुरु हुनेछ । माडीमा खेल विकासका निम्ति आवश्यक पूवार्धार विकास गराउन समेत टोलीले अनुरोध गरेको छ । सर्वपक्षिय टोलीमा सांसद उमेश श्रेष्ठ र पूर्वउपप्रधानमन्त्री तथा पूर्व सासंद अमिक शेरचन, पूर्व सांसद तीर्थ भुषाल, स्थानीय नेताहरु शिवनारायण गुरौ, नारायण अधिकारी, खेम महतो, भरत तिमिलसेना, शिव सापकोटा, ऋिषि काफ्ले लगायतका प्रतिनिधिले भेटघाट गरेको हो ।
 
Top