धादिङको मार्पाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो ,१६ जनाको सनाखत (नाम र ठेगाना सहित )
धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । १७ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक १९ मध्ये १६ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक
१.गोरखा तान्द्राङ–९ का गंगावीर विश्वकर्मा
२ . मार्पाक–५ का कमल पौडेल
३.सत्यदेवी–३ का लिलाबहादुर गुरुङ
४ . मार्पाक–५ का दिलकुमारी अधिकारी
५ .दार्खा–९ रामचन्द्र सापकोटा
६ .मार्पाक–५ का पवनबहादुर स्माइली मगर
७ . सत्यदेवी–३ की चिरमाया तामाङ
८ .सत्यदेवी–३ का रावन तामाङ
९. रि गाउँ–८ कि मुना तामाङ
१०. सत्यदेवि–२ रंगसिंह तामाङ
११. सत्यदेवि–२ मिदिजंग तामाङ
१२ . सत्यदेवि–२ रौता तामाङ
१३ . रि गाउँ–२ का चन्द्रमान तामाङ
१४ . रि गाउँ–२ का टेकबहादुर तामाङ
१५ , गुम्दी–८ का इन्द्ररुद्रबहादुर घले
१६ ठेगाना नखुलेका नरबहादुर थापा गरी १६ जनाको सनाखत भएको छ ।
