बिच्चलीमा परेका पिठुवा माधवपुरका दिदीभाईले पाउने भए आवासिय शिक्षा
आमा परपुरुषसंग दोस्रो बिहेगरी गएसँगै बुबाले अर्कै महिला लिएर भागेपछि बिचल्लीमा परेका दूई दिदिभाईलाई अमेरिकाको नेपाल जर्नी नामक संस्थाले आवासिय सुविधा सहितको शिक्षा प्रदान गरेको छ ।
बिचल्लीमा परेका दिदि भाई दुुई जनालाई सहयोग गरिएको हो । बुुबा बैदेशिक रोजगारीमा कतार पुुगेका बेला आमा सबिना चेपागं पर पुरुषसंग भागेपछी अभिभावक बिहिन बनेका नावालक छोराछोरी बाबुको आशामा बसे थिए । बाबु बैदेशिक रोजगारबाट घर फकेर पुनः अर्को बिहेगरी घर छोडेपछी दुुई दिदिभाई बिचल्लीमा परेका थिए । अभिभावक वीहिन भएका ८ वर्षकी संगीत र ७ वर्षका लोकज्ञान गोलेलाई चितवनकोपूर्वी क्षेत्रमा रहेको बिन्देश्वरी निम्न माध्यामिक विद्यालयमा आवासिय सुबिधा सहित अध्ययन गर्ने व्यवस्था मिलाएको नेपाल जर्नी संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकामा रहेका नेपालीहरुले सञ्चालन गरेको सो संस्थाले शुुक्रबार बिद्यालय परिसरमा कार्यक्रम गरी उनीहरुलाई आवश्यक कपडा, खाद्यान्न, शैक्षिक सामाग्री सहित बासका लागि दुईवटा सुबिधायुक्त पलङ(खाट) प्रदान गरेको विद्यालयका प्रधानाध्यापक भिमप्रसाद खनालले बताउनुुभयो । संस्थाले हरेक महिना विद्यालयको खातामा विद्यार्थीका लागी आवस्थक मासिक रकम उपल्ब्ध गराउने गरि स्कूलसंग सम्झौता भएको खनालले जानकारी दिनुुभयो ।
सो अवसरमा बोल्दै जिल्ला शिक्षा कार्यालय चितवनका बिद्यालय निरीक्षक रामकृष्ण सिंखडाले अबिभावक बिहिन बालबालिकाको उज्यालो भबिष्यका लागी संस्थाले गरेको सहयोग महत्वपूूर्ण रहेको बताउदै बालबालिकाको शैक्षिक बिकासका लागी शिक्षा कार्यलय पनि नेपाल जर्नीसंग हातेमालो गर्न तयार रहेको बताउनुुभयो । संस्थाले आर्थीक बिपन्न बालबालिकाको शैक्षिक बिकासका लागी आर्थीक सहयोगका साथै विभिन्न बिद्यालयमा ईलाईब्रेरी बनाउने काम गरेका संस्थाका निर्देशक ईन्दिरा बाग्लेले बताउनुभयो । संस्थाले चितवनको बालकुमारी उच्च माबिमा ईलाईब्रेरी निर्माण, चितवनकै भारलाङ प्राबिमा शैक्षिक सामाग्रि सहयोग क्यान्सरबाट ग्रसित बालिका अनिशा कुमालको उपचारमा सहयोग गर्नुका साथै चितवनको रामेश्वर पुस्तकालयमा ई लाईब्रेरी, चितवनको कान्दामा नेपाज जर्नी लाईब्रेरी का साथै मकवानपुरको हेटौडामा करिव १५ लाखको लागतमा नेपाल जर्नी ई लाईब्रेरी निमार्ण थालेको संस्थाका उपाध्यक्ष बद्रि श्रेष्ठले बताउनुभयो । बिद्यालयका अध्यक्ष दिपक राज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा, नेपाल जर्नीका स्थानिय संयोजक मुुरली प्रसाद गजुरेल,सञ्चार संयोजक प्रकाश सिग्देलले बिद्यालयका प्रअ र बिद्यार्थीलाई सो सामाग्रि हस्तान्तरण गरेका थिए ।
साभार : नारायणी अनलाईन
