रत्ननगर,१८ फागुन ।
एउटा वाल गृह अवैध रुपमा सञ्चालनमा रहेको छ । तर यससंग सम्वन्धीत सरोकारवाला निकाय वेखवर जस्तै छन् । बाल गृह संचालनका लागि जिल्ला वाल कल्याण समिति,महिला तथा वालवालिका कार्यालय,समाज कल्याण परिषद, जिल्ला प्रसासन कार्यलयबाट अनुमति लिनु पर्ने हुन्छ ।
तर रत्ननगर ८ वैरियमा रहेको ड्रिम एञ्जल्स नेपाल नामको बाल गृहले कुनै पनि निकायबाट अनुमति नलिएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । करिव १० महिना अघि जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र महिला तथा वालवालिका कार्यालयले सयुक्त रुपमा अनुगमन गरि प्रक्रिया अनुसार संचालन गर्न निर्देशन दिएपनि अझै अवैध रुपमानै सञ्चालन भई रहेको छ । यसबीचमा महिला तथा वालवालिका कार्यालयले पनि दोश्रो पटक दर्ताका लागि आग्रह गरेपनि अझै दर्ता नहुँदा कारवाही गर्न सकेको छैन । महिला तथा वालवालिका कार्यालयले दर्ता गर्न दिएको समय समेत सकि सकेको छ । प्रशासनलाईनै चुनौती दिदै गृहका संचालक ठाकुर पनेरुले १८ जना वालवालिकालाई त्यहाँ राखेर गृह सञ्चालन गरिरहेका छन् ।
ड्रिम वल्ड स्कुलनै सञ्चालन गर्ने उनले तयारी गरेका थिए । केही प्राविधिक कारण उनले आफैले स्कुल संचालन गर्न नसकेपनि सयुक्त रुपमा वोडिङ संचालनमा छ तर अहिले पनि उनले ति वालवालिकाहरुलाई छुट्टै राखेर वाल गृह संचालन गरेका छन् । त्यहाँ रहेका वालवालिका भने रत्ननगर ८ मा रहेको एन्जल्स वल्ड वोडिङमा अध्ययन गरिरहेका छन् । आफ्नै र केही सहयोगबाट ति वालवालिकाहरुलाई सो वोडिङमा अध्ययन गराई रहेको गृहका संचालक ठाकुर पनेरु वताउँछन् । अवैध रुपमा गृह संचालन गरेको ३,४ वर्ष भैसकेको छ । तर बल्ल दर्ताको प्रक्रियामा जान लागेको उनले जानकारी दिए । गृहका सम्वन्धमा महिला तथा बालबालिका कार्यालयकी प्रमुख शान्ता पौडेलका अनुसार हाल सम्म सो गृहले अनुमति लिएको छैन् ।
दर्ताका लागि कार्यालयले ताकेता गरिरहेको छ । बाल गृह सञ्चालनका लागि मापदण्ड पनि पुरा गर्नु पर्ने हुन्छ । महिला तथा वालवालिका कार्यालयकी प्रमुख पौडेलका अनुसार कम्तीमा पनि १० जना वालवालिका हुनु पर्ने, भान्छे राख्नु पर्ने,सुरक्षा गार्ड राख्नु पर्ने,छुट्टा छुट्टै शौचालय हुनु पर्ने,खेल्ने ठाँउ हुनु पर्ने,शिक्षक राख्नु पर्ने, आन्तरीक स्रोत हुनु पर्ने लगायतका मापदण्ड सहित प्रतिवद्धता पत्र समेत सम्बन्धित निकायमा पेश गर्नु पर्ने हुन्छ । यि मापदण्ड मध्ये केही कुरा यस गृहले पालना समेत गरेको छैन् । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट पनि ड्रिम एन्जल्स नेपाल नामको वाल गृह संचालनबारे अनविज्ञ छन् । गृहका बारे थप जानकारी पश्चात दर्ता नभएको भए वन्द गरिने प्रमुख जिल्ला अधिकारी भट्टले बताए ।
साभार : खबर चितवन
