भरतपुर,२३ माघ।
सालिमार मिस चितवनको तेस्रो संस्करणको अडिसन लिइएको छ । ब्राइट नेपालको आयोजनमा सुरु भएको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको हो ।
अडिसनमा ५० जना युवतीले सहभागिता जनाएका थिए । अडिसनबाट २५ जना छनौट भएका छन् । छनौट भएका प्रतिस्पर्धीलाई नेतृत्व विकास, फिटनेस, अध्यात्मसम्बन्धी तालिम, जनचेतनामूलक कार्य तथा सामाजिक कार्यमा लगाएर प्रतिभाको खोजी गरिने छ । कोरियोग्राफर सञ्जित श्रेष्ठले उनीहरुलाई प्रशिक्षण दिनेछन् । २५ दिनसम्म उनीहरु समूहगत अभ्यासमा सक्रिय रहने छन् ।

नारायणगढमा लिइएको अडिसनको निर्णायकको भूमिकामा म्यान हन्ट २००७ का विजेता चन्दन अग्रवाल, लुक्स व्युटि पार्लरका सञ्चालिका नेहा शर्मा, केएसएस इन्टरटेनमेन्टका सुजन श्रेष्ठ थिए । सालिमार मिस चितवनको उपाधि विजेताले स्कुटी, म्युजिक भिडियोमा अभिनय गर्न पाउने अवसर पाउने र मिस नेपालमा अडिसनविना नै प्रवेश पाउने कार्यक्रम निर्देशक सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।

साभार : खबर चितवन 
 
Top