राज कुमार देवकोटा
चितवन,नेपाल
सुमधुर स्वर कि धनी चितवन पिप्ले-५,गड्यौली निवासी नव गायिका अनिता वलि ले भर्खरै मात्र फेरि आफ्नो नया गितको रेकर्डिङ सकाएकी छिन।"जुम्ला कालिकोट" नामको यो गित आइट्म सङ्ग रुप मा धेरैनै मन छुने तरिकाको छ।राजेन्द्र बज्गाइ को सङ्गीत मा रहेको यो गित को शब्द रचना पनि उनै राजेन्द्रको नै रहेको छ।

बच्पन देखि नै आफ्नो गित बजारमा ल्याएर सबैको मन मा बस्ने सपना रहेको उनि आफ्नो दोश्रो गित को रेकर्डिङ सकाएपछी एकदमै खुसी रहेकि छिन।गत साल मात्रै चितवन पर्सा मा रहेको krp music school मा अध्यन गर्न सुरु गरेको छोटो समय मा नै आफ्नै सब्दरचना मा आफ्नै एल्वम रेकर्डिङ गराउन सफल उनि नेपाली साङ्गेतिक छेत्र मा पहिलो कदम राख्न पाएको मा भित्री मन बाटनै खुशी भएको बताएकी छिन।

आफ्नो गित को रेकर्डिङ सकाए लगत्तै उनले अरु तीन वटा गित मा पनि आफ्नो स्वर पस्किने मौका पाइसकेकी उनलाइ हाम्रो तर्फबाट धेरै धेरै सफलताको सुभकामना छ।
 
Top