पूर्व मन्त्री पुनको पुनको स्वास्थ्यमा सुधार आएन, आज थाइल्याण्ड लगिँदै
काठमाडौं, १५ फागुन । बिरामी परेर केही दिनदेखि अस्पतालमा उपचाररत माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि थाइल्याण्ड लगिने भएको छ।
नेता पुनलाई आज बैंकक लैजाने तयारी गरिएको छ। पुनसँगै उनकी पत्नी एवं सभामुख ओनसरी घर्तीमगर पनि बैंकक जाने बताइएको छ। ज्वरो आएर काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेपनि निको नभएपछि थप उपचारका लागि बैंककस्थित समितिभेज अस्पतालमा लैजान लागिएको हो।
पार्टी कामको सिलसिलामा केही दिन अघि रोल्पा गएका नेता पुनलाई त्यहाँबाट फर्किएलगत्तैदेखि ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। यसअघि पनि जण्डिस बिग्रिएपछि पुनलाई बैंकककै समितिभेज अस्पतालमा उपचार गरिएको थियो।
