चितवनमा पहिलो पटक बालबालिकाका लागि फनपार्क सञ्चालनमा आएको छ । चार करोडको लगानीमा भरतपुरमा पूजा फनपार्क खोलिएको हो ।
बालबालिकालाई पुर्ण रुपमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ बालमैत्री वातवरण भएको फन पार्क सञ्चालनमा ल्याएको सञ्चालक कृष्ण देवकोटाले जानकारी दिए । फन पार्कको एक समारोहका विच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौत्तमले उद्धघाटन गरेका थिए ।
निर्माण सुरु भएको झण्डै २ बर्षपछि पार्क सञ्चालनमा ल्याइएको हो । पार्कमा बालबालिका मात्रै नभएर सबै उमेर समूहकाले मनोरञ्जन लिन सक्ने पार्कका सञ्चालक देवकोटाले जनाए । पार्कमा अत्याधुनिक सेप्रेट मेन स्वीमिङ पुल, फिमेल स्वीमिङ पुल तथा बेबी स्वीमिङ पुल रहेको छ ।
साभार : अनलाईन खबर