जग्गा खरिदबिक्रीका हिसाबले देशकै अग्रस्थानमा रहेको चितवनमा जग्गाको कारोबार सुस्ताएको छ ।जिल्लामा तीव्र बनेको जग्गा प्लटिङ र बैना कारोबार अन्ततः बैंकिङ क्षेत्रको पछिल्लो ‘क्रेडिट क्रन्च’ सँगै ठप्प बनेको हो । यो नै जग्गा कारोबार घट्नुको मुख्य कारण हो । बैंकबाट ओभरड्राफ्ट लिएर प्लटिङ गर्नेहरुलाई अहिले सबैभन्दा धेरै तनाव भएको छ ।
तर, जिल्ला मालपोत कार्यालयका कर्मचारीका अनुसार यसरी जग्गाको कारोबार घट्नुमा अन्य विविध कारण रहेका छन् । आफूहरुसँग पछिल्लो महिनाको जग्गा कारोबारको एकिन तथ्याङ्क तयार भइनसके पनि कारोबार भने निकै घटेको मालपोत कार्यालय भरतपुरका मालपोत अधिकृत खेमनारायण पौडेलले बताए ।
मालपोत कार्यालयको सेवा भरतपुरसहित चैनपुर, माडी र खैरहनीमा समेत विस्तार हुनाले तथ्याङ्क संकलनमा गाह्रो भएको उनले बताए । कार्यालयको सेवा विस्तार, लामो समयसम्म स्थानीय निकायका सचिवहरुको हड्ताल र बैंकको ऋण लगानी नहुनु कारणले नै यहाँको जग्गा कारोबार कम भएको कर्मचारीहरु बताउँछन् ।
‘ठूला जग्गाको किनबेच हुन सकेको छैन, जग्गा व्यवसायी दिनेशकुमार चुकेले भने, ‘सानातिना जग्गाहरुको हकमा भने किनेबेचमा कुनै असर देखिँदैन ।’ बैंकको ऋण लगानीको असरले जग्गा कारोबारमा कमी आएको व्यवसायी चुके स्वीकार गर्छन् ।
‘बैंकको ऋण लगानी नहुँदा जग्गा व्यवसायमा कमी आएको छ, नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले भने, ‘बैना मात्र लेनदेन गरेर कारोबार गर्नेलाई बढी समस्या बनाएको छ ।’ कारोबार घटे पनि जग्गाको मूल्यमा गिरावट नआएको अध्यक्ष अधिकारीले बताए । राष्ट्र बैंकले ऋण लगानी नीतिमा परिवर्तन ल्याएलगत्तै पुनः जग्गाको कारोबार बढ्ने उनले बताए ।
भरतपुरमा रहेका घरजग्गा बिक्री केन्द्र भनेर खोलिएका कतिपय कार्यालयहरु सुनसान जस्तै देखिन्छन् । एउटै जग्गा ६ पटकसम्म पनि किनबेच भएको थियो । बैंकले कडाइ गरेसँगै पहिलो मार तीनै व्यवसायीलाई परेको छ, जसले बैनामा कारोबार गरिरहेका थिए । कतिपय व्यवसायी भने बैंक ऋण तिर्न जग्गाको मूल्य घटाएर समेत बेच्न थालेका छन् । पुसदेखि नै ओरालो लागेको जग्गा कारोबार माघमा सुस्त भइसकेको थियो ।
मालपोत कार्यालय चितवनको मंसिर महिनासम्ममा कूल ७० करोड ३५ लाख ५५ हजार ७३३ रूपैयाँ राजस्व असुली भएको छ । कार्यालयले मंसिर महिनामा मात्रै २० करोड राजस्व संकलन गरेको थियो ।
केरा खेती, माछापोखरी, कुखुरापालनलाई जग्गा भाडामा लगाएका जग्गाधनीले समेत अहिले धमाधम प्लटिङ व्यवसायीलाई जग्गा बेच्न थालेका छन् । नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले खेतीयोग्य जग्गाको संरक्षण गरेर मात्र प्लटिङका गतिविधि अघि बढाइएको बताए ।