काठमाडौँ । एनसेल प्रयोगकर्ताले आज रातिदेखि निःशुल्क फेसबुक चलाउन पाउने भएका छन् । राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तर्गत निशुल्क सेवा सुरु गरिएको जनाएको छ ।


यो योजना अन्तर्गत फेसबुक खोलेर लाइक, कमेन्ट, शेयर, स्टाटस अपडेट, फोटो अपलोड गर्न सकिन्छ । तर अरुले राखेको फोटो हेर्न र च्याट गर्न भने शुल्क लाग्ने छ ।

यो योजना ९० दिनका लागि मात्र लागु हुने जनाएको छ ।
 
Top