महाशिवरात्री बृहत साँस्कृतिक कार्यक्रमू को तयारी अन्तिम चरणमा ।
ठोरी ,फाल्गुन ६ प्रवासि ठोरिबासिको प्रस्तुतिमा महाशिवरात्रीको अवसरमा ठोरीमा राष्ट्रिय कलाकारका साथमा हुने बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । जनचेतना युवा क्लब , चेली समुह र क्रितन मन्डलीको संयुक्त आयोजनामा भगवाननगर स्कुल मैदानमा कार्यक्रम हुने भएको हो । फाल्गुन १३ गते हुने शिवरात्री बृहत साँस्कृतिक कार्यक्रम मा चर्चित लोक दोहोरी गायक मिलन लामा , लोक दोहोरी गायिका रमिला न्यौपाने , चर्चित डान्स समुह क्रिष्टल क्लजले आ - आफ्नो प्रस्तुती दिनेछन् ।
चर्चित लोक दोहोरी गायक मिलन लामाका "घरमा पराल बारीमा बन्सो , माझि दाई पोखरा फेवा तालको , "लालु पाते फुल छैन रुख मात्रैू लगाएतका गीतहरु चर्चित छन । यस्तै गायिका रमिला न्यौपानेका झम झम दर्कियो पानीू , घाम लाग्यो सितलु भयो , बरबादै भयोू लगायतका गीत चर्चित छन । पोख्रेलि डान्स समुह क्रिष्टल क्लजले चर्चित गित निर जहिले रिसाउनेमा गरेको आकर्षक नृत्यले युवा पुस्ताको मन जित्न सफल भएको छ । कार्यक्रममा भारतको धर्मा ब्यान्डको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
पछिल्लो समय आफनो हास्यब्यंग प्रस्तुतिबाट स्रोताको मन जित्न सफल सन्जिब पौडेलले ठोरीबासिलाई हसाउनेछन । कार्यक्रममा स्थाइ घर ठोरी भइ संगितिक क्षेत्रमा उदायकि गायिका सेलिन कुँवर , गायक सुमन लामा र विबेक लामा ले पनि आ आफ्नो गीत संगीत प्रस्तुत गर्ने छन । यस्तै सांगितिक क्षेत्रमा भर्खरै मात्र उदाएका डोलराज परियारको पनि प्रस्तुति रहने छ । राष्ट्रिय कलाकारका साथमा स्थानिय प्रतिभाको समेत प्रस्तुति हुने भएकाले यस पटकको कार्यक्रम बिशेष हुने आयोजकका सोभित थापाले जानकारी दिए ।
शिवरात्रिको कार्यक्रमलाई मध्यनजर गर्दै स्टेज मर्मत तथा सजावटको काम धमाधम भैरहेको आयोजकका रवि थापाले बताए । कार्यक्रमको गुणस्तरलाई मध्यनजर गर्दै यस पटक चितवनबाट युनिक साउण्ड सिस्टम लगिने बताईएको छ । कार्यक्रमलाई सफल बनाउन विभिन्न समिति उपसमिति छिट्टै गठन गरिनेछ । क्लबले मनोरन्जनका कार्यक्रम मात्र नभइ सामाजिक कार्य पनि गर्दै जाने थापाको भनाइ छ । क्लबले सोही दिन नगद सहयोग गर्ने दातालाई सम्मान गर्ने कार्यक्रम पनि राखेको छ ।
