तपाईंको हरेक पाइलामा साथ तपाईंको उन्नतिले दिओस
गगन चुम्ने खुशी अनी फूल फुल्ने हासोले दिओस
काँडा आँफै पन्छिदिओस आशु आँफै सुकिदिओस
भाग्य सधैं सधैं भरी तपाईंको घरको पाहुना बनोस
सुर्यका ति उषाहरुले तपाईंको बिहानि सजाइदिओस
त्यो पवित्र आत्मा मा प्रितको दियो बलिरहोस
दु:खका अध्यारामा अखन्ण बत्तिहरुले साथ दिओस
औशिका रातहरु पनि पुर्णिमा झै बनिदिओस
त्यो ओठबाट मुस्कान कहिले नझरोस
यही नै हुनेछ यो कलेजोको चाहन
सधैं भरी हासी खुशी बितोस तपाईंको जिन्दगी
कल्पना तपाईंलाई जन्मदिनको यही हाम्रो शुभकामना
