चितवन, माघ २९–
चितवनको भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ । संभावित घटनालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै पीडित परिवार अस्पतालमा भेला भएपछि प्रहरी परिचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अत्याधिक रक्तश्रावका कारण गोरखाको ११ किलोका विष्णु श्रेष्ठकी श्रीमती ३४ वर्षीया विमला श्रेष्ठ मृत्यु भएको हो । श्रेष्ठलाई यही माघ २६ गते सुत्केरी गराउन भरतपुर अस्पतालमा ल्याइएको थियो। उनले बच्चा जन्माइसकेपछि शुक्रबार मृत्यु भएपछि उनका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएको छ।