भरतपुर । चुनढुङ्गा बोकेको ना १ क ६०२९ नम्बरको ट्रिपर कालिका नगरपालिका–१ कोलार भन्ने स्थानमा पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा काउले–९ बस्ने वर्ष ३५ की सानुमाया चेपाङ र खैरहनी नगरपालिका–२ बस्ने वर्ष १९ की पार्वती दराईकी ६ महिनाकी छोरी आकृति दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै गम्भीर घाइते हुनेहरुमा खैरहनी नगरपालिका–२ बस्ने वर्ष १९ की पार्वती दराई र सोही स्थान बस्ने वर्ष १६ की फूलमती चेपाङ रहेका छन् ।
तत्कालै घटनास्थालमा खटिएका ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारको टोलीले उद्धार गरी घाइतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाएको प्रहरीले जानकारी दिएको छ ।
 
Top