भूपेन्द्रमानसिंह भण्डारी चितवनमा उद्योग सञ्चालन गर्ने सोचमा छन् । उनी आभाष टे«ड लिंकका सञ्चालक हुन् । महोत्तरी औरहीमा जन्मिएका भण्डारी चितवनमा स्थापित बन्ने सोचमा छन् । चितवनमा उनी केहि पहिले ‘आस्था’ ब्राण्डले चर्चित थिए । करिव तीन विघा जग्गामा उनले भरतपुरमा आस्था खाद्य, केमिकल्स, पेन्टस् लगायतका उत्पादन गर्ने फ्याक्ट्री चलाएका थिए । द्वन्दकालिन समयमा उनी काठ्माण्डौ पुगे । लामो समय सम्म व्यापारमा संलग्न उनी फेरी चितवन फर्केका छन् ।
पूर्विचितवन कुमरोज सिसापानीमा उनले तीन विघा जग्गामा व्यवसायीक बाख्रापालन सुरु गरेका छन् । हालसम्म उनले ८ करोड लगानी गरिसकेका छन् । “सुरुमा १ सय ४० माउ बाख्रा ल्याएर व्यवसाय सुरु गरेको छु”, उनले भने, “चितवनमा स्थापित हुने रहर छ । ” ‘जनकपुर बाख्रा फार्म’ लाई वृहत बनाउने सोचमा उनी छन् । बाख्रा राख्ने आधुनिक खोर बनाएका छन् । अझै दुइवटा बनाउने योजनामा छन् । “बाख्रा खोर सुरुमा बनाएँ, तर प्राविधिक रुपमा राम्रो बनेन”, उनले भने, “भारतको रिसर्च सेन्टरमा पुगेर बुझेपछि नयाँ खालका खोर बनाउन लगाएको हुँ ।” सुरुमा बनाएको खोर परम्परागत खालको बनेको छ । “बाख्रापालनको लगानी तुरुन्त उठाउन सकिदैन”, उनि भन्छन्, “अब तीन पछि कमाइ हुनेछ, म हरेश खाएको छैन ।” बाख्रा फर्ममा ५ सय ३० वटा ठुला बाख्रा छन् । एक सय साना पाठापाठी छन् ।
साभार : खबर चितवन 
 
Top