३ माघ, चितवन । चितवनमा १४ जना जुवाडेविरुद्ध जुवा ऐन-२०२०अन्तर्गत मुद्दा चलाइएको छ ।

जुवा तास निरुत्साहित गर्ने अभियानअन्र्तगत १४ जना जुवाडेविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिप थापाले जानकारी दिए ।


प्रहरीले शनिबार भरतपुर उपमहानगरपालिकास्थित विपना लामाले संचालन गरेको विनिषा खाजाघरबाट ७ जना जुवाडेसहित २७ हजार ५ सय ३५ रुपैयाँ नगद बरामद गरेको थियो ।

भरतपुरका विपना लामा, राकेश तामाङ, कृष्ण बहादुर तामाङ, आइतमान लामा, शुक्रमान लामा, विनोद गुरुङ र मकवानपुरका राजकुमार सुनारलाई प्रहरीले जुवा खेलिरहेको ठाउँबाट पक्राउ गरेको थियो ।

त्यस्तै आईतबार भरतपुरका बिक्रम दराईको घरबाट ८० हजार २ सय ९० रुपैयाँसहित बिक्रम दराई, प्राणबाबु जबरा, रमेश अर्याल, ईश्वरी रानाभाट, तिर्थराज महत्तो, ओमकारबहादुर महत र लोकबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सामाजिक विकृति विसंगतिलाई रोकथाम तथा न्यूनीनकरण गर्ने उदेश्यले जुवा खेल्ने, खेलाउने र हेर्नेसमेत गरी दुई दिनमा प्रहरीले १७ जनालाई नियन्त्रणा लिएको थियो ।
 
Top