माघ २५–ईलाका प्रहरी कार्यलय टाडिद्धारा सञ्चालन गरिएको अबैध घरेलु मदिरा नियन्त्रण अभियान अनर्तगत पुर्बि चितवनका बिभिन्न स्थान बाट १३ सय लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।
प्ुर्बि चितवनको टाँडि बजार ,बकुल्लहरचोक ,शान्ति चोक ,पिठुवा बजार,जुटपानी बजार,दिगदर्शन चोक ,शक्तिखोर,पदमपुर,लाउरेचोक,खोले सिमल बजार जय मंगला,सुब्बा चोक लगाएतका स्थान बाट ईलाका प्रहरी कार्यलय टाँडिले घरेलु मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ बनाउन प्रयोग गर्ने भाँडाहरु नियन्त्रण्मा लिएको ईलाका प्रहरी कार्यलय टाँडिका प्रहरी नायब उपरिक्षक नारायण रञ्जितकारले बताए ।
ईलाका प्रहरी कार्यलय टाँडिद्धारा सञ्थालन गरिएको अभियान अनर्तगत पहिलो चरणमा पसल सञ्चालकलाई चेतावनि साथै मदिरा नबेच्न निर्देशन दिईने र पुनः बेचेको पाईएमा मदिरा जन्य सामाग्रि नष्ट गर्ने प्रहरी नायब उपरिक्षक रञ्जितकारले बताए । रञ्जितकारका अनुसार पछिल्लो समय पुर्बि चितवनका बिभिन्न ठाँउमा मदिरा जन्य पदार्थ सेवन गरि हो–हल्ला बडि भए पछि खाजी कार्य तिब्रता बनाईएको छ ।
साथै प्रहरीले बिभिन्न स्थान बाट बिभिन्न समयमा हराएका ८ थान मोबाईल आ एम ई आई नम्मरबाट अनुसन्धान गरि पत्ता लगाई सम्बन्धित मोबाईल धनिलाई दिएको प्रहरीले बताएको छ ।
 
Top