साढे चार बर्षअघि साउदी अरबमा मृत्यु भएका हिलेदेवी ५, रापेछापका ४९ बर्षीय बमबहादुर तामाङको शव बुधबार साँझ स्वदेश आइपुगेको खबर आजकोकान्तिपुरमा छ । उनको सन् २०१२ अगस्ट ९ मा उपचारको क्रममा दमाम मेडिकल कम्प्लेक्समा मृत्यु भएको थियो ।
सबै रेकर्ड धनबहादुर तामाङको नाममा रहेकोले शव स्वदेश पठाउन ढिलाइ भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । धनबहादुर र बमबहादुर घर फिर्नका लागि दमामस्थित डिपोर्टेसन सेन्टरमा गएका थिए ।
