१ फाल्गुन । भक्तपुर अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सागरनाथ ७ सर्लाही घर भइ सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कृत भएकी हुन् ।बालिका बलात्कृतको आरोपमा प्रहरीले शनिबार पतिपत्निलाई नै पक्राउ गरेको छ।
बलात्कारको आरोपमा अनन्तलिंगेश्वर ७ का ४० वर्षका राजकृष्ण कायस्थ र उनकी पत्नी ३५ वर्षीया राधाजंगम पक्राउ परेको प्रहरीले जनाएको छ ।
राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको डिएसपी श्यामबाबु ओलियाले बताए। गत मंसिर २१ गते साँझ ७ बजे टिभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ पत्नी राधाजंगमले घरमा नै लगेर राजकृष्णको जिम्मा लगाइ बाहिरबाट चुकुल लगाएकी थिइन् । सोही समय राजकृष्णले बलात्कार गरेको पाइएको ओलियाले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
