काठमाडौं– लामो समय थाइल्याण्डमा रहँदा विभिन्न कारणले चर्चामा आइरहने पूर्वयुवराज पारस नेपाल फर्किएसँगै भने गुमनाम जस्तै छन् ।
औपचारिक कार्यक्रममा विरलैमात्र देखापर्ने उनी महाशिवरात्रीको अवसरमा भने शुक्रबार साँझ अबेर पशुपतिको दर्शन गर्न पुगे ।
आफन्त र साथीभाईसँगै पशुपतिको दर्शन गर्न पुगेका उनी करीब १५ मिनेट बिताएपछि त्यहाँबाट बाहिरिएका थिए ।
राजसंस्था हटेपछि पनि विगतका वर्षहरुमा पूर्वराजा ज्ञानेन्द्र शाह शिवरात्रीको अवसरमा पूजाअर्चनाका लागि पशुपति पुग्ने गर्दथे । तर, यो यसवर्ष उनी मधेसका जिल्लाको भ्रमणमा रहेका छन् ।
ज्ञानेन्द्रले भने वीरगन्जको आर्दशनगरस्थित अलखियामठ मन्दिरमा भगवान शङ्करको विधिपूर्वक पूजा गरेका थिए ।
