चितवन , कार्तिक ७ मुनाल गुरुङ समुह तथा खैरेटी युवा समाजको आयोजनामा हिन्दूहरुको दोश्रो महान चाड दिपावलीको शुभ अवसरमा "बृहत साँस्कृतिक कार्यक्रम २०७३" आयोजना हुने भएको छ । रत्ननगर १६ खैरेटीका युवाहरुको सक्रीयतामा उक्त कार्यक्रम सम्पन्न हुन लागेको हो ।
मुनाल गुरुङ समुह तथा खैरेटी युवा समाज नेपाल सरकारको नियमानुसार २०६० सालमा दर्ता भई आफ्नो स्थापना पश्चात विभिन्न सामाजिक सेवाका क्षेत्रमा कार्य गर्दै आईरहेको र विशेषत समाज मा घटेका विविध घटनाहरुलाई समेट्दै सडकनाटक लगायत जनचेतनामुलक कार्यक्रमहरु प्रदर्शन गर्ने तथा समाजमा रहेका अनाथ अशक्तहरुलाई पनि सहयोग गर्दै आएको कार्यक्रम संयोजक " एलिन गुरुङ ( महाविर ) ले जनकारी दिनु भयो ।
कुनै पनि राष्ट्रको परिचय भनेको देशको आफ्नो मौलिक भेषभुषा , धर्म , संस्कृती हो भन्ने सोचलाई मनन गर्दै नेपाली कला तथा संस्कृतिको संरक्षण गर्न केहि टेवा पुर्याउने र स्थानिय एंव नवयुवा कलाकारहरुमा रहेको प्रतिभा प्रफुस्टित गर्ने कार्यक्रमको मुख्य उद्देश्य भएको जानकारी दिइएको छ ।
झण्डै ३ घण्टा समय छुट्टाइएको उक्त कार्यक्रममा परम्परागत नृत्यहरुको साथमा युवा पुस्तामा चर्चित गायक प्रमोद खरेल , चर्चित लोक गायिका चन्दा अर्याल , स्थानिय कलाकार अमित रसाईली लगायतको बेजोड प्रस्तुती रहने जनाईएको छ ।
कार्यक्रमको सफलताको लागी सबैलाई आफ्नो ठाउँ बाट सहयोग गरिदिनुहुन आग्रह गर्दै कार्यक्रम संयोजक महाविरले कार्यक्रमको अनुमानित खर्च दुई लाख पचास हजार रहेको जानकारी दिनुभयो
