काठमाडौं, कात्तिक १० – नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४४ पैसा र विक्रिदर २८ रुपैयाँ ६० पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २९ पैसा र विक्रिदर २९ रुपैयाँ ४६ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ०४ पैसा र विक्रिदर २९ रुपैयाँ २० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ६२ पैसा र विक्रिदर २५ रुपैयाँ ७७ पैसा तोकेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र विक्रिदर ९ रुपैयाँ ४७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५१ रुपैयाँ ७० पैसा छ भने एक बहराइन दिनारको खरिददर २ सय ८२ रुपैयाँ ८२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 
Top