माडीमा होटल व्यवसाय फ़स्टाउँदो
चितवन, असोज २८–
माडीमा पछिल्लो समयमा होटल व्यवसाय फस्टाउँदै गएको छ । माडीको बसन्तपुरसहित बरुवा, किर्तनपुरलगायतका ठाउँहरुमा नयाँ होटल खोल्ने र पुराना होटलले सेवा सुबिधा थप गर्ने क्रम बढ्दै गएको छ ।
बसन्तपुरका होटेल व्यवसायी नारायण सुबेदीले माडीमा धेरै होटेल खोलिदा समग्र माडीको विकासमा सहयोग पुगेको बताए । माडीका स्थानीय रामकुमार साहले माडीमा दिन प्रति दिन होटलहरु संचालन हुँदा माडीको पर्यटन व्यवसायमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ग्राहकहरुलाई सहुलियत दरमा खाजा,खाना तथा बास बस्नका लागि लजहरु खोज्ने क्रम बढेसंगै होटेल व्यवसायमा लगानी भित्रिने क्रम बढेको व्यवसायीहरुको भनाइ छ ।
ग्राहकहरुले एटेज बाथरुमसहितको होटल तथा लजहरु बढी खोज्ने भएकाले होटेल ब्यबसायीहरुले त्यहि अुसारको होटल खोल्ने क्रम बढेको छ । माडीमा हाल बरुवामा माडी कटेज, बसन्तपुरमा क्रिस्टिना गेस्ट हाउस, रेवा लज, अंगित होटल, अशोक होटेल, नशिप होटल, सोमेश्वर लज, शिखर होटल जस्ता धेरै होटलहरु माडीमा संचालित छन् ।
