काठमाडौं, कात्तिक ६ –
कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षलाई एसएलसी नामाकारण गर्ने सहमति जुटेकेा छ। कक्षा १० र १२ को परीक्षलाई कुन रुपमा परिभाषित गर्ने भनी सरोकारवालसँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बैठक डाकेको आजकोगोरखापत्रमा समाचार छ।
बैठकले कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन सर्टिफिकेट) अर्थात एसईसी सञ्चालन गर्ने निर्णय गरेको छ।त्यस्तै कक्षा १२ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कुल लिभिङ सर्टिफिकेट) अर्थात एसएलसी सञ्चालन गर्नेमा सहमति जुटेको हो। यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसएलसी १० र एसएलसी १२ गर्न प्रताव मन्त्रालयमा पठाएको थियो।
