पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले २००७ मा अमेरिकी कांग्रेसद्वारा यसलाई आधिकारिक दर्जा दिएका हुन् । बाराक ओबामा सन् २००९ मा ह्वाइट हाउसमा व्यक्तिगतरुपमै दीपावलीमा भाग लिने पहिलो राष्ट्रपति बने ।

सन् २००९ मा काउ ब्वाइ स्टेडियममा आयोजित दीपावली मेलामा एक लाख व्यक्तिको उपस्थिति थियो । सन् २०११ मा न्यूयोर्क शहरको पियरेमा पहिलोपटक दीपावली उत्सव आयोजना गरिएको थियो । अमेरिकामा करिब ३ लाख हिन्दूहरु रहेको अनुमान छ, जसमा भारतीय, तलिम र नेपालीहरु पर्दछन् ।

इण्डोनेसिया

इण्डोनेसियाको जनसंख्याको दुई प्रतिशत हिन्दुहरु छन् । दक्षिणपूर्वी एशियाको ठूलो देश मानिने इण्डिोनेसियामा पनि दिपावली पर्व मनाउने गरिन्छ ।

त्यसैगरी दक्षिण अफ्रिका, गुएना, मौरिसस लगायतका देशहरुमा पनि कतिपय नागरिकहरुले दिपावली मनाउने गरेका छन् । क्यानडनलाई पनि दिपावलीले छुने गरेको छ । जापान, थाइल्याण्ड, फिलिपिन्सजस्ता देशहरु पनि दिपावलीबाट अछुतो छैनन् ।

मलेसिया

मलेसियामा भारतीय उपमहाद्विपको परम्पराअनुसार दिपावली मनाइन्छ । यस अवसरमा मलेशियाई हिन्दू (तमिल, तेलुगु र मलयाली) ले ओपन हाउसेस आयोजना गर्छन्, जसमा भोजनका लागि आफ्नो घरमा फरक- फरक जाति तथा धर्माबलम्बीहरुलाई स्वागत गरिन्छ ।

मलेसियामा दिपावलीलाई धार्मिक सदभावना तथा देशभित्रका धार्मिक र जातीय समुहहरुका बीच मैत्रीपूर्ण सम्वन्धका लागि एक अवसर रुपमा लिइन्छ ।

मलेसियाको जनसंख्याको ८ प्रतिशत हिन्दुहरु रहेकाले त्यहाँ दिपावली अनिवार्यरुपमा मनाउने गरिन्छ । त्यहाँ ठूलो संख्यामा रहेका नेपालीहरुले पनि दिपावलीमा रौनक थप्ने गरेका छन् ।

सिंगापुर

सिंगापुरमा रहेका हिन्दुहरुका लागि दिपावली एक वाषिर्क उत्सव हो । यहाँ अल्पसंख्यक भारतीय समुदाय (तमिल) ले यसलाई मुख्यरुपमा मनाउँछन् । सिंगापुरमा दिपावलीमा यहाँ सार्वजनिक विदा दिइन्छ । सिंगापुर प्रहरीमा रहेका नेपालीहरुले पनि तिहार बनाउँछन् ।

भारतीयहरुको बाक्लो उपस्थिति रहेको सिंगापुरको सरकारका साथै त्यहाँको हिन्दू व्यवस्थापन बोर्डले यस उत्सवका क्रममा थुप्रै सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दछ ।

अष्ट्रेलिया

अष्ट्रेलियाको मेलबर्नमा दिपावलीलाई भारतीय मूलका व्यक्ति तथा स्थानीयवासी मिलेर सार्वजनिक रुपमा मनाउँछन् । सेलिब्रेट इन्डिया इ-कर्पोरेसनले सन् २००६ मा मेलबोर्नमा प्रतिष्ठित फेडरेसन स्क्वायरमा दीपावली समारोह सुरु गरेको थियो ।
अहिले यो समारोह मेलबर्नको कला क्यालेन्डरको हिस्सा बनेको छ र शहरमा एक हप्ताभन्दा बढि समय यो पर्व मनाइन्छ । भिक्टोरियन संसद, मेलबोर्न संग्रहालय, फेडरेसन स्क्वायर, मेलबोर्न हवाई हड्डा सहित थुप्रै प्रतिष्ठित भवन एक सातासम्म साजसज्जा गरिन्छ ।

श्रीलंका

यहाँ तमिल समुदायले दिपावली मनाउने गर्छन् । यस दिन बिहान तेलले स्नान गरेर नयाँ लुगा लगाउने, एक-अर्कालाई उपहार दिने, मन्दिरमा गएर पुजा गर्ने गरिन्छ ।
बेलुकी पटका पड्काउने चलन यहाँ पनि छ । हिन्दूहरुले तेलको दियो जलाएर धनकी लक्ष्मी देवीको आराधना गर्दन् । श्रीलंकामा दिपावलीका अवससरमा विभिन्न खेल, आतिशवाजी, गायन, नृत्य संगीत, भोज आदिको आयोजना गरिन्छ ।

बेलायत

बेलायतमा रहेका भारतीय र नेपालीहरुले उत्साहपूर्वक दीपावली मनाउँछन् । मानिसहरु आफ्नो घरलाई दीप तथा मैनबत्तिले सजाउँछन् । लड्डु, बर्फी जस्ता मिठाइहरु आपसमा आदान प्रदान हुन्छ ।

सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरन आफ्नी पत्नीका साथ स्वामीनारायण मन्दिरमा आयोजित दीपावली उत्सवमा सरीक भएका थिए ।

न्युजिल्याण्ड

न्युजिल्याण्डमा दीपावली दक्षिण एशियाली प्रवासीको सांस्कृतिक समूहहरुबीच सार्वजनिक रुपमा मनाइन्छ ।
सन् २००३ मा न्यूजिल्याण्डको संसदमा आधिकारिक रुपमा दीपावली मनाइएको थियो । अन्धकारमाथि प्रकाश, अन्यायमाथि न्याय, अज्ञानतामाथि ज्ञानको विजयको प्रतीकका रुपमा दीपावलीलाई लिइन्छ ।

फिजी

फिजीमा दीपावलीका दिन सार्वजनिक विदा दिइन्छ । यहाँको जनसंख्यामा एक तिहाई हिस्सा ओगट्ने हिन्दूूहरुले एकसाथ दीपावली मनाउँछन् ।

विश्वका विभिन्न देशमा रहेका भारतीय र नेपाली मूलका नागरिकले मात्रै होइन विश्वभरि छरिएर रहेका आप्रवासी हिन्दुहरुका कारणले पनि दिपावलीको प्रभाव संसारभरि नै पर्ने गरेको छ ।
 
Top