भरतपुर, कार्तिक ३
बाख्रालाई घाँस काट्ने क्रममा करेण्ट लागेर माडीमा एक जनाको ज्यान गएको छ । माडी २ धुव्रटोलका ६२ वर्षिय वेचन महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जनाएको छ ।
इप्रका माडीका प्रहरी निरीक्षक दीपक कुमार काकीले भेलरको रुखका हाँगा काट्ने क्रममा नाँगो तारमा छोइएपछि करेण्ट प्रवाह भएपछि उनी रुखबाट भूईमा खसेको बताए । भूईमा ढुङगामा ठोकिएर गम्भीर घाइते बनेपछि नजिकैको घरमा पु¥याएलगत्तै उनको ज्यान गएको बताए । माडी बरुवाका स्थानीय यूवा अमित लामाले बुधबार विहान साढे ९ बजेको समयमा घटना भएको बताए । हाइटेन्सन नजिकको नाँगो तार नजिकैका रुखहरुले गर्दा जोखिम बढेको उनले बताए । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जीयनर राजेन्द्र प्रसाद पौडेलले हाइटेन्सन नजिकका रुख तथा हाँगा काट्दा विद्युत प्राधिकरण तथा प्राविधिकको सल्लाह लिन सबैलाई अनुरोध गरे 
 
Top