कात्तिक, चितवन। चितवनमा यस बर्षको वर्षे धान काट्न किसानलाई चटारो सुरु भएको छ । धान धत्पादनको दृष्टिकोणले पकेट क्षेत्रका रुपमा परिचित चितवनमा कात्तिक लागेसँगै यहाँ किसानहरुलाई धान काट्ने चटारोमा व्यस्त भएका हुन् ।
विशेष जिल्लाको पूर्वी चितवन क्षेत्रमा सबैभन्दा पहिला रोपाई भएकोले यहाँका किसानहरु धान काट्न व्यस्त बनेका हुन् ।
यति वेला पूर्वी चितवनको रत्ननगर, खैरहनी, कठार, कुमरोज, भण्डारा, पिठुवा, जुटपानी लगायतकान ठाउँ लटरम्म झुलेका घान काट्न यहाँ व्यस्त बनेको रत्ननगर बछौलीका किसान सुकराम चौधरीले बताए ।
यस्तै पश्चिम चितवनमा शुक्रनगर, शारदानगर, गीतानगर, पटिहानी, जगतपुर, शुक्रनगर, मेघौली, गुञ्जानगर, माडी पर्दछ ।
धान काट्न मेधशी युवा सक्रिय
चितवनमा धान काट्ने चटारोमा किसान खेतीहरुमा तराईवासी युवाहरु बढी देख्न सकिन्छ । यहाँ धान काट्ने खेताला नपाउने भएपछि विगत देखि नै तराईवासीहरु ऋाउने गरेका थिए । यसपटक पनि जिल्लाको पूर्वी क्षेत्रमा रहेका फाटहरुका तराईवासीहरुले धान काटिरहेका छन् ।
धान काट्ने काम तराईवासीले गरेपनि किसान धान झार्नेकाम भने आधुनिक थ्रेसरबाट गरिरहेका छन् । जिल्लामा बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, जनकपुर, नवलपराससगै भारतको बिहार मोतिहारी लगायतका ठाउबाट ५ देखि १५ भन्दा बढीको समुह बनाए आउने गर्दछ। म्धेशीहरु ढठ पर्वको खर्च जुटाउन उनीहरु इसरी चितवनको धान काट्न खेतला बन्दै आएका छन् ।
उनीहरु छठ अघीसम्म का गरेर प्रत्ति व्यक्ति १५ खेखि २५ हजार बढी रुपैया कमाउदछन् । भने यहाँ उनीहरुले धान हेरर प्रति विगाह १३ देखि १८ सम्ममा काट्दै आएको बारा जिल्लाबाट धान काट्न आएका लालु यादवले बताए ।
जिल्लाबाट हरेक वर्ष झैं यस वर्ष पनि ती जिल्लाका बासिन्दा समुह नै बनाएर चितवन आएका छन् । चितवनमा एक बिघाह खेतको धान काट्दा १० हजार देखी १५ हजारसम्म कमाइ हुन्छ ।
५ प्रतिशत मात्रै धान काटियो
जिल्लामा हालसम्म ५ प्रतिशत मात्रै धान काट्ने काम सकिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । भने पूर्व चितवन क्षेत्रमा १२ प्रतिशत सकिएको कार्यालयले जनाएको छ ।
छिटो रोपाई गरेको र छिटो पाक्ने धान लगाएकोमा धान काट्ने काम भईरहेको कृषि कार्यालयका सूचना अधिकारी एवं योजना अधिकृत कमला न्यौपानेले बताइन् ।
यतिवेला पूर्वी चितवनमा चटारो, कार्त्ति अन्तिम देखि पश्चिम चितवन क्षेत्रमा पनि चटारो सुरु हुन्छ । कत्तै पानीको अभावले रोपाई ढिलो भएकोले ति ठाउँमा पनि रोपाई ढिलो हुन्छ उनले भनिन् । चितवनमा पौष लाग्दा सम्म सबै ठाउमा किसान मान रोपेका धान मुरि भित्राएर सक्दछन् ।
उत्पादनमा वृद्धि हुने
चितवनमा यस बर्ष धान उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
विभिन्न भन्दा यस बर्ष धेरै स्थान सिचाई पहुँच, समय पानी पर्नु, मल समयमा उपलब्ध हुनु, रोगव्याधी कम लागेका कारण उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।
२७ हजार तीन सय हेक्टर क्षेत्रफलमा यस बर्ष चितवनमा धानखेती भएको थियो ।
चितवनमा अघिल्लो वर्ष २७ हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिएकोमा ९२ हजार छ सय ८९ मेटि्रक टन धान उत्पादन भएको थियो । चितवन जिल्लामा अघिल्लो वर्ष २७ हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा वर्खे धान खेती गरिएकोमा ९२ हजार छ सय ८९ मेटि्रकटन धान उत्पादन भएको थियो ।
चितवनमा वर्खे धान अन्तर्गत सावित्री, राधा ४, लोकनाथ, रामधान, लगायतका धानहरु लगाइएको छ ।
तरकारी लागाउन सुरु
जिल्लाको पूर्वी क्षेत्रमा असोजको दोस्रो हप्ताबाट नै अगौटे धानहरु काटेर तरकारी खेती सुरु भइसकेको छ । विषेशगरी अगौटे धान लगाउने कृषकहरुले धान कटानीसँगै व्यवसायिक तरकारीहरु उत्पादन गर्ने गर्दछन् । पछौटे धान लगाउने कृषकहरुले भने हिउँदे खाद्यान्न बालीहरु लगाउने गर्छन् ।
हिउँदे तरकारी अन्तर्गत काउली, बन्दा, टमाटर, भेडे खुर्सानी, आदि लगाउन कृषकहरुले सुरु गरेको जिल्ला कृषि विकास कार्यालय चितवनकी योजना अधिकृत तथा सूचना अधिकारी कमला न्यौपानेले बताइन् ।
हिउँदे खाद्यान्न बाली अन्तर्गत भने कृषकहरुले गहूँ, मुसुरो, आलु, राजमा लगाउन सुरु गरेका छन् ।
OnlineKhabar
