जापानमा नेपालीमाथी नै निगरानी बढ्नुको कारण के होला त ?
कही कतै समाचारमा जापानी प्रहरीले नेपाली माथी निगरानी बढायो रे भन्ने आयो । के यो सत्य होला ? कि भ्रम होला ? के लाग्छ हजुरहरुलाई ? मलाई त सयमा सय हो जस्तो लाग्छ । र हुन पनि किन नहोस । जापानमा नेपालीहरुको नराम्रा गतिविधिहरु बढ्न थालेको हामिले त्यस्ता धेरै घटना देखेका छौ । जापान यस्तो देश हो जहाँ हरेक कुराको निती नियम हुन्छ । हामी नेपालीहरु सके जती नियम मिच्न खोज्छौ । यो पक्कै राम्रो नहोला ।
जापानमा बस्ने केहि नेपालीको नराम्रा कामले जापानी प्रहरीले कडा निगरानी राखेको स्वभविक बुझिन्छ । धेरै पटक नेपाली समुदायका केहि युवाहरुले जापानी प्रहरीलाई धेरै दुख र हैरानी समेत बनाएको खबर पनि नआएका होईनन । हामी नेपालीहरु अरुको देशमा आएर उहि देशको निती नियमको ख्याल नै नगरि आफ्नो देशको शैली देखाउनु पक्कै पनि राम्रो काम होइन । अझ कुरा गर्ने नै हो भने जापानीहरु पनि जाड , रक्सी खान्छन तर खाएर कहिल्यै पनि झगडा गरेको देखिदैन तर हामी नेपालीहरुमा खाएपछी अलि धेरै मात आउछ कि क्या हो खाएपछी के गर्छौ आफैलाई थाहा हुँदैन ।
यि यस्तै साना तीना कुराले नै निगरानीमा परेका हौ । निगरानीमा त अरु विदेशी नागरिक पनि छन तर नेपाली विशेष निगरानीमा राखिएको खबरहरु आइरहेका छन । अनि अर्को कुरा नेपालीमा निगरानी बढ्नुको कारण नेपालीहरुको शरणार्थीको लागी आवेदन भर्नेहरुको संख्या बढ़ेको कारण पनि निगरानी बढेको खबर आइरहेका छन । जापान सरकारले शरणार्थीको विषयमा विभिन्न सुचना पनि प्रकाशन गरी सकेको छ । शरणार्थी आवेदन फाराम बन्द गरिएको र अब केहि समयमा शरणार्थी प्रकिर्यामा गएकालाई देश फर्काउन समेत सक्ने गरी प्रकिर्या अघी बढेको समाचारहरु आइरहेका छन ।
यो देशमा कानुन छ र लागु पनि छ हाम्रो देश जस्तो कानुन भएर लागु नभएको देश होइन । जापानी प्रहरीहरु राम्रो मान्छे , नराम्रो मान्छे सबैको निगरानी मा हुने गर्दछन । जसले राम्रो गर्छ उसलाई त के को समस्या तर नराम्रो मान्छेकै कारण राम्रो मान्छे फस्न पनि सक्छ ख़्याल गर्नुहोला । मेरै अनुभव सुनाऊँ कयौ पटक म पनि प्रहरीको चेकिंगमा परेको छु , मेरो सबै क़ुरा ठीक भयसी पछी ऊनीहरु आफ़ैले सरी भन्न पनि जानेका छन । नेपालमा ज़स्तो हाम्रालाई चेक नहुने अरुलाई चेक हुने भन्ने हुदैन जापानमा जो पनि चेकिंगमा पर्न सक्छ । हामी नेपालीले नेपालमा लागेका हाम्रा बानीव्यवहार भने चेंज गरनै पर्छ ।
हामी नेपालीलाई यहाँको नियमसंग कुनै सरोकार नै छैन आफ़्नो ढंगले मज्जाले काम गर्न पाए पुग्यो यही कारणले नै प्रहरीको निगरानीमा पर्छौ हामी । हुन एक दुई नेपाली खराव होलान तर देशसंग जोड़िएको क़ुरा हो । कुन देशको – नेपालको भन्ने आउछ । हामी सबै मिलेर नेपालीहरुको नराम्रो कामको बन्द गरिएन भने भोलीबिहान यस्तो दिन आऊँन सक्छ जापानमा आऊँन नेपालीलाई बन्देज गरियो रे । त्यस्तो नहोस । निगरानीमा पर्नु ख़ासै ठुलो क़ुरा नहोला भोली बिहान समस्या आऊनुले ठुलो क़ुरा निमत्याऊँने छ । सबैले आ-आफ़्नो ठाऊबाट पहल गरौ ।
सन्तोष चोखाल
अध्यक्ष
नेपाल जापान विद्यार्थी समाज
केन्द्रीय समिति , टोकियो
