दुबईमा नेपाली युवायुवतीको खरिदबिक्री !
दुबईमा लैजाने भन्दै एक नेपाली महिलालाई ओमान पुर्याएर बिक्री गरिएको छ ।चरम यातना पाएकी ती महिलालाई बेचिएको ६ महिनापछि महानगरीय अपराध महाशाखाले उद्धार गरेको छ ।
काठमाडौंकी ३५ वर्षीय रुविना शर्मा (नाम परिवर्तन)लाई मानवतस्करीमा संलग्न गिरोहले १८ हजार दिराम अर्थात करिब पाँच लाख रुपैयाँ बिक्री गरेको प्रहरीले बताएको छ ।चार दिनअघि उनको उद्धारसँगै प्रहरीले एक एजेन्टलाई पनि पक्राउ गरेको अाजको नयाँ पत्रिकामा समाचार छ ।
