प्रायः देशका प्रधानमन्त्री अगाडिपछाडि कडा सुरक्षाकाबीच आफ्नो कार्यालय जान्छन्। तर भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे कार्यालय जाँदा बाटोमा भेटिएका फोहोर उठाउँदै हिँड्छन्।

मंगलबार भुटानी प्रधानमन्त्री तोब्गेले कार्यालय जाँदा आफूले बाटोमा धेरै फोहोर उठाएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिरहरू पोष्ट गर्दै तोब्गेफे अहिले सडकमा पहिलेभन्दा कम फोहोर भेटिएको बताएका छन्। उनले सबैलाई सहर सफा राख्न आग्रह गरेका छन्। ‘यसले हाम्रो सुन्दर देशलाई सफा र हरियाली बनाउनेछ’, तोब्गेले फेसबुकमा भनेका छन्।

उनले सडकमा फोहोर फाल्नेलाई बाँधेर फोहोर राखिदिन अनुरोध गरेका छन्। उनले आफूले अबदेखि बेग्लाबेग्लै रुटबाट बेलाबेला अफिस हिँडेरै आउने र बाटो सफा गर्ने बताएका छन्।
 
Top