भरतपुर,राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले चितवनलाई थाइल्याण्डको संज्ञा दिएका छन् । सम्वृद्ध अभियान चितवनले भरतपुरमा आयोजना गरेको चितवनको समग्र विकासको रणनैतीक मार्गचित्र कार्यशाला गोष्ठिमा बोल्दै उनले चितवन नेपालभित्रको थाइल्याण्डका रुपमा चितवन रहेको बताए ।
“सेवा, उद्योग र कृषिमा अघाडी रहेको जिल्ला चितवन हो”, उनले भने,“यी तीनै क्षेत्रमा थाइल्याण्ड अघि छ, नेपालको पनि थाइल्याण्ड चितवन हो ।” समृद्धका स्रोतहरु सबैले भरिपूर्ण चितवनलाई निरपेक्षित रुपमा हेर्न नहुने उनले बताए । “नेपालकै औद्योगिकरण र समृद्धि हुने खाका भित्र चितवनलाई समेट्नुपर्छ”, उनले भने,“काठ्माण्डौको स्टेलाइट शहरका रुपमा चितवन विकास गर्नुपर्छ ।” उनले चितवनको सप्तगण्डकी हाइड्रो पावर योजनालाई सफल पार्न सके विकासले फड्को मार्ने बताए । मकवानपुर सिमानासित जोडीएको पूर्विचितवनमा औद्योगिक क्षेत्र बनाउने बारे अध्ययन सुरु भएको बताए ।
“चितवनलाई एक्सुबेसन सेन्टरका रुपमा विकास गर्न सकिन्छ”, उनले भने,“पर्यटनको हव, कृषि क्षेत्रका रुपमा चितवनको ब्राण्डीङ विकास गर्न सकिन्छ ।” उनले पुर्नसंरचना गर्दा साना साना इकाईहरु बनाउन छाडेर ठुला ठुला इकाईहरु बनाउनुपर्नेमा सुझाव दिए । “भागबण्डा पु¥याउन टुक्रे नगरपालिकाहरु बनाउनुभन्दा आर्थिक सम्भाव्यता हरेर पुर्नसंरचना गरिनुपर्छ”, उनले भने,“चितवनमा पनि धेरै साना इकाईहरु बनाएर पुर्नसंरचना गर्नुहुदैन ।”
योजनाकार तथा नीति विश्लेषक प्रा.डा. सूर्यराज आचार्यले चितवनलाई आर्थिक राजधानिका रुपमा विकास गरिनुपर्ने सुझाव पेश गरेका छन् । अवधारणपत्र प्रस्तुत गर्दै उनले भने,“समाजले खोजेके वैकल्पिक आर्थिक राजधानि चितवन बन्न सक्छ ।” शहरीकरणको बढ्दो चापले गर्दा काठ्माण्डौमा पूर्वाधार तथा सेवा व्यवस्थापन गर्न समस्या परेको भन्दै उनले भने,“काठ्माण्डौबाट नजिकको दुरीमा रहेको महानगरको स्तरमा शहर बस्न सक्ने क्षेत्रका रुपमा चितवन छ, नमुना जिल्ला बनाउन पहल गरौं ।”
पश्चिम चितवनको जनसंख्याले महानगरपालिका र पूर्वि चितवनले पनि चाडैनै महानगरपालिकाको मापदण्ड पुरा गर्न सक्ने आँकलन गर्न सकिने उनले बताए । माडी नगरपालिकाले पनि आर्थिक केन्द्रका रुपमा विकास हुने उच्च सम्भावना बोकेको उनले बताए । निर्माणधिन ठोरी हुलाकी राजमार्ग, प्रस्तावित उत्तर दक्षिण जोड्ने केरुङ गल्छी ठोरी सडक, कालिगण्डकी का्रिडोर, पूर्व–पश्च्मि रेलमार्ग जस्ता पूर्वाधारले चितवन यातायात हबका रुपमा विकास हुदै छ । उनले फुटबल, क्रिकेट स्डेडीयम बन्न सक्ने प्रयाप्त जग्गा, म्युजियम, मनोरञ्जन पार्क बन्न सक्ने प्रबल सम्भावनाहरु छन् । “चितवनले सेवा सुविधा, उद्यमशिलतामा आफुलाई ब्राण्डीङ गर्नुपर्छ”, इन्जीनियर आचार्यले भने,शहरी मुख्य उपकेन्द्रहरुको योजना र डीजाइन तयार गर्नुपर्छ ।”
उनले चितवनमा जिल्ला प्राविधिक समितिले तत्कालिन अवस्थामा पेश गरेको स्थानीय निकायको पुर्नसंचरनामा ५ इकाईहरु उपयुक्त रहेको धारणा राखे । “पूर्विचितवनमा उपमहानगरपालिका र पश्च्चिम चितवनमा महानगरपालिका, माडी नगरपालिका र दुई गाउँपालिकाको अवधारणा चितवनलाई सुहाउदो छ”, उनले भने ।
स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले चितवनको पुर्नसंरचना गर्दा गम्भीर बन्न आग्रह गरे । “हामीले ५ वा ७ इकाईहरु चितवनमा हुनसक्ने भन्दै खाका प्रस्तुत गरेका थियौं”, उनले भने,“फेरी अधिकतम सिमा ९ सम्म हुनसक्ने गरि सिमाङकनको कुरा आएको छ, फेरी छलफल गर्दैछौं ।”स्थानीय विकास अधिकारी जिल्लाको प्राविधिक समितिको संयोजक रहने प्रवधान छ । “एक सय वर्षको सोच राखेर पुर्नसंचरनाको अभियानमा सामेल बनौँ”, उनले भने,“अल्पकालीन लाभ भन्दा दीर्घकालिन लाभका बारेमा सचेत बनौं ।” संसोधित कार्यविधि अनुसार गाउँपालिका बनाउन २२ हजार र नगरपालिका बनाउन ६५ हजार जनसंख्या हुनुपर्ने प्रावधान बनाएको छ । “आयोगले मापदण्ड अनुसार प्रतिवेदन पेश नभएमा स्वयमलेनै पुर्नसंचरनाबारे निर्णय लिनसक्ने व्यवस्था छ”, उनले भने,“आफ्नो क्षेत्रको पुर्नसंरचना गर्न क्षणिक लाभ त्यागेर अघि बढौं ।” जिल्ला प्राविधिक समितले आठ पहाडी गाविसलाई समेटेर दुई गाउँपालिका बनाउन सक्ने गरि आयोगमा सिफारिस गरेको थियो । जिल्लाका आठ नगरपालिकालाई तीन वा पाँच नगरपालिका रुपमा बनाउन सकिने गरि दुई खाका बुझाएको थियो ।
चितवनमा चेपाङ स्वायत्त गाउँपालिकाको रुपमा झोरलाङ गाउँपालिका बनाउन प्रस्ताव पेश भएको थियो । तर, दलहरुले १२ वटासम्म इकाइहरु बनाउनुपर्ने अडान लिदै आएका थिए । कार्यक्रममा चितवनका राजनैतीक दलका नेताहरु, सामाजिक अगुवाहरु लगायतको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा समृद्ध अभियान चितवनका अध्यक्ष तारा पौडेलको अध्यक्षतामा भएको हो
