बेलचोक । भरतपुर उपमहानगरपालिका वडा नं. ४ को भानु नौघरे आमा समूहले सोमबार टोल र सडकमा सरसफाइ गरेको छ । अध्यक्ष ज्योति पौडेलको नेतृत्वमा महिलाहरुले टोलमा रहेका झाडी फाँड्ने सडक बढार्ने लगायतका सरसफाइका कामहरु गरेका थिए ।
दशैं तिहार जस्ता पर्वहरु आएका कारण टोल सफाइमा जुटेको आमा समूह अध्यक्ष ज्योति पौडेलले बताइन् । सरसफाइ कार्यक्रमका सहभागिहरुले टोलवासीलाई सरसफाइमा सधै ध्यान दिन, प्लाष्टिक लगायतका कागज र अन्य फोहरहरु जहाँ पायो त्यही नफाल्न पनि अपिल गरेका छन् ।
 
Top