बाथरुममा लडेर गैंडाकोटमा एक युवकको ज्यान गयो
असोज २६
गँैडाकोटमा आज एक युवकको बाथरुममा लडेर ज्यान गएको छ ।
गैँडाकोट ५ बैकुण्ठचोकमा बस्दै आएका अन्दाजी ३५ वर्षिय उमेश प्रसाद मण्डलको बाथरुममा लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरिक्षक सुबाश हमालले जानकारी दिनुभयो ।
बिगत केहि समय देखि गैडाकोट ५ बैकुण्ठचोक स्थित देबि लामिछानेको घरमा भाडामा बस्दै आएका मण्डल नारायणगढमा कपडा पसलमा काम गर्दै आएका थिए । दादर बैरिया–४, मोरग घर भएका मण्डल पछिल्लो एकसाता विरामी थिए । उनि दिर्घरोगी रहेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ । मण्डलको श्रीमती र एक सन्तान रहेका छन् ।
मण्डलको शब अहिले पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको ईप्रका गँैडाकोटले जनाएको छ ।
