रत्ननगर ,!* असोज . पिठुवा स्पोर्टस क्लबको आयोजनामा रत्ननगर १६ पिठुवामा चौथो जिल्लास्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बिजयादशमीको अवसरमा आयोजित उक्त प्रतियोगिताको शनिबार एक कार्यक्रमका बीच जुनियर प्रहरी शिक्षालय मध्येक्षत्रिय प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख डिआइजी रणबहादुर चन्दले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै उनले खेलले समाजलाई दिशा दिन सक्ने बताउदै यस्तो प्रतियोगिता आयोजना हुनु प्रशंसायोग्य भएको बताए ।



कार्यक्रमका प्रमुख अतिथि रहेका उनले पिठुवामा खेलकुदको राम्रो सम्भावना भएको बताउदै आउदो हिउँदसम्म यहाँ कभर्डहल बनाउन पहल गर्न सरोकारवालाहरुसँग आग्रह गरे । जसका लागि आफ्नो तर्फबाट हरेक प्रकारको सहयोग रहने उनको भनाई थियो । कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष जी. नारायणबहादुर क्षेत्रीले ब्याडमिन्टनले मानिसलाई स्वस्थ राख्ने भएकाले यो सबैका लागि आवश्यक रहेको बताए । उनले प्रतियोगिताले जिल्लामा ब्याडमिन्टनको बिकासका लागि भहत्वपुर्ण भुमिका खेलेको पनि बताए । त्यस्तै पिठुवा स्पोर्टस क्लबका अध्यक्ष नुमनाथ रेग्मीले फस्टाउदै गएको ब्याडमिन्टन खेलमा मानिसहरुको रुचि बढ्दै गएकाले प्रतियोगिता आयोजना गरिएको बताए ।



यसबर्ष लगातार चौथो प्रतियोगिता आयोजना गरिएको र अगामि दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिइने उनले बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरे, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी उपरिक्षक नारायण रञ्जितकार,





रत्ननगर नगरपालिका १४, १५, १६ का सेवा केन्द्र प्रमुख रुपबहादुर क्षेत्री, राष्ट्रिय ब्याडमिन्टन खेलाडि राजु गुप्ता र ज्ञानेन्द्रराज पौडेल, प्रहरी निरिक्षक मधु नेपाल लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले दशैको शुभकामना आदानप्रदान समेत गरिएको थियो । प्रतियोगिताको उदघाटन समारोह क्लबका अध्यक्ष नुमनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।
 
Top