काठमाडौं, १६ असोज । विदेशबाट सुन ल्याउँदा एक नेपाली फन्दामा परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्ष्च ब्कष्ब को उडानद्धारा मलेसियाबाट नेपाल आगमन भएका पर्वत माझफाँट घर भएका रामशरण खत्रीलाई प्रहरीले १ सय ५० ग्राम सुन सहित पक्राउ गरेको हो ।
शनिबार प्रहरीले निजको साथमा रहेको लगेज पार्किङ एरियामा चेकजाँच गर्ने क्रममा ३ वटा सुनको बालामा रहेको उक्त सुन बरामद भएको थियो ।
यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


 
Top