भरतपुरको एक नीजि अस्पतालको क्यान्टिनको खानामा शंखेकिरा भेटिएको छ । ज्वरोले ग्रसित विरामीलाई लगिएको खानामा यस्तो भेटिएको हो । चितवन मेडीकल कलेजको क्यान्टिन देख्दा सफा देखिएपनि तरकारीहरु प्राय राम्ररी सफा नगर्ने जस्ता लापरवाही हुने गरेको तथ्य वाहिरीएको हो ।

भरतपुर २ क्षेत्रपुरका राम थापाले विरामी छोरालाई अस्पतालकै क्यान्टिनबाट खाना लगेका थिए । “क्यान्टिन सफा देखेर अस्पतालकै क्यान्टिनबाट खाना लगियो”, उनले भने,“विरामीको खाना तयार गर्दा यतिसम्म लापरवाही हुदा समेत स्थानीय प्रशासन मौन छ ।” उनले जिल्ला तहको अनुगमन समितिलाई जानकारि गराएपनि उनीहरुले फोटो खिचेर राख्न आग्रह गरेको बताए ।

सूचना पाएपनि स्थानीय अनुगमन समिति बेखबर जस्तै बनेको छ । क्यान्टिन सञ्चालकले खानाको तस्वीर सार्वजनिक नगर्न दबाब दिइरहेको छ । गल्ती स्वीकार गर्दै यो घटना लुकाउने प्रयास भैरहेको छ । विरामीकै खानामा फोहरमा हिड्ने शंखेकिरा पाइएपछि विरामीका आफन्तिहरु रुष्ट बनेका छन् ।

 विरामीलाई दाल, भात, तरकारी र साग लगिएको थियो । शंखेकिरा सागमा भेटिएको हो । खाद्य मिसावट मुद्धामा क्यान्टिन सञ्चालकलाई १ देखि २ हजार रुपैयाँ र एक हप्तासम्म हिरासतमा राख्न सक्ने फितलो कानुन छ । शंखेकिराले बालीनाली सखाप पार्छ । शहरतिर सडक किनारमा जम्मा हुने र घरभित्र समेत पसेर फोहोर पार्ने र भान्सा सम्म पुग्ने गर्छ । शंखेकिरा एक घातक परजिवीको बाहक समेत हो ।

साभार : खबर चितवन 
 
Top