चितवन मेडिकल कलेज ताेडफाेड, ५ जनालाई प्रहरीले पक्राउ
चितवन, १८ जेठ । चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज)को आईसियू कक्ष तोडफोड गरिएको छ । आईसियूमा उपचाररत एक बिरामीको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका हुन् ।
दुर्घटना परेर उपचारका लागि गत शुक्रवार अस्पताल पु¥यायाइएका १८ वर्षका रोहन लामाको आईसियूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बिराममीका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको जिकिर गरेका छन् । केही दिनअघिसम्म बोलचाल गर्ने बिरामी एक्कासी मृत घोषणा गरिएको उनीहरुको जिकिर छ । आईसियूमा दक्ष चिकित्सक नराखेका कारण आफन्त ज्यान गएको बुझाइ उनीहरुको छ ।
तोडफोडका क्रममा एक जना घाइते भएका छन् । उनी शिशा फुटाउँदै गर्दा घाइते भएका हुन् ।
तोडफोड गर्ने ५ जना जतिलाई प्रहरीले पक्राउ गरेको छ । आईसियू जस्तो संवेदनशील क्षेत्रमा बिरामीको आफन्तको भीड जान थालेपछि अस्पताल प्रशासनले प्रहरीको सहयोग लिएको अस्पतालका म्यानेजर अरुण कोइरालाले बताएका छन् ।
