विक्रम संवत २०७४ साल ज्येष्ठ १७ गते शनिबार तदनुसार २०१७ जुलाइ १ तारिख आषाढ शुक्ल पक्ष अष्टमी तिथि राति १० । १२ उप्रान्त नवमी तिथि हस्ता नक्षत्र राति १ । ३३ उप्रान्त चित्रा वरियान योग विहान ९ । ५० सम्म उप्रान्त परिघ योग भद्रा करण आनन्दादि योगमा मृत्यु योग चन्द्रमा कन्या राशिमा अमृत बेला विहान ६ । ४० सम्म चन्द्रमा दक्षण दिशामा रहेकोले आजकाम गर्दा पूर्बफर्केर यात्रा पूर्बको भएमा सिधै अन्य भएमा केहि पूर्ब गएर यात्रा गर्नु बेश विहानै उठेर पूर्बफर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिले देशको लागी समय अशुभ छ ऐले नवरात्रीपनि भयकोले ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे यो ३ मन्त्रको सके सम्म धेरैं जप गर्नुहोला !



मेष


शत्रुलाइ परास्ता गर्दा पनि समयमा आटेको काम तपाइको नियन्त्रणमा नहुने अरुले आफुलाइ विस्वास नगर्ने अरुबाट सहयोग पनी नपाउने भयकोले आफ्ना लक्ष हरु अघि नबढने


बृष


पढाइमा सफलता पाउन मुस्किल छैन बौद्धिक कार्यहरु सफल हुने जरुरि कुरा हरुमा सफल हुदै जाने आटेका कुरा सहज हुने योग


मिथुन


मित्रहरुले साथ दिने परिबार सहयोग गर्ने शत्रुहरुलाइ निस्कृयर्दै अघि बढदा काममा सजिलो हुने सहयोगी हरुले साथदियर समस्या सामाधानहुने


कर्कट


पराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने ठूलोव्यक्तिको विस्वास जित्नसफल आफ्नुकामामा ऐतिहासिक सफलता


सिंह


बोलिको प्रभाव राम्रो पर्ने अरुले पनि आफुलाइ विस्वास गर्ने अरुको सहयोगले काममा संलग्नभै अघिबढ्ने प्रयास गर्दा सफल हुनेयोग


कन्या


रात्रीभोजको निमन्त्रणा राष्ट्रिय भेलामा जाने अवसर राज्यबाट सम्मान काममा रुचिर सफतालेखुसि भेटघाटले मनोबल बढने


तुला


विनाकारण विबाद झुटाआरोप काममा बाधा विस्वासघातहुने गलत विचार बढने निर्णयको अभाव हातपरेको काम समेत फुत्कने योग


बृश्चिक


नसोचेको लाभ सरिरमा स्फुर्तिबढने अप्ठ्यारोकाम लाइ सफलपार्ने अवसर बुद्धिबढने सन्तान सङ्ग सौहाद्रता भेटघाटमा खुसि


धनु


नोकरिमा सम्मान राजनितीमा उच्चस्थान ठूलाव्यक्तिकले भरोसा गर्ने यात्राको अवसर राज्यले तपाइको बुध्दि उपयोग गर्दै सम्मान गर्ने


मकर


धर्ममा रुचि मनमा चिन्ता गरेकाममा सफलता प्रेममा आनन्द र वैबाहीक कार्यमा सम्लग्न हुने रमाइलो यात्राको योग


कुम्भ


स्वास्थमा संकट काममा अवरोध मनमा चिन्ता विस्वासमा धोका लेनदेनमा बिबाद चोटपटकको सम्भावना समयमा निर्णय नहुदा आफ्नु काममा अरुले अधिकार जमाउने


मीन


रमाइलो यात्रा काममा सफलता भेटमा प्रसन्नता व्यपारमा लाभ बैदेशिक कार्यमा सफल बैबाहिक कुरा अघिबढने मन पर्ने मान्छे सङ्ग वार्ता

 
Top