रत्ननगर। रत्ननगरको बकुलहर चोकमा शनिबार एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

बकुलहर चोकमा 

अपराहन्न तीन बजे अन्दाजी ५०/५५ वर्षको मधेसीमूलको जस्तो देखिने पुरुष मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी नारायण रञ्जितकारले जानकारी दिए ।



 

उनको साथमा परिचय खुल्ने कुनै पनि कागजात नभएकाले सनाखत हुन नसकेको उनले बताए । ती पुरुषको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको डीएसपी रञ्जितकारले जानकारी दिए ।

 
Top