निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले तीनवटै प्रदेशका सबै स्थानीय तहमा उत्साहपूर्ण रुपमा मतदान भैरहेको बताउनुभएको छ । केही ठाउँमा पानी परेको र केही ठाउँमा मतदातालाई तर्साउन नक्कली बमहरु राखिए पनि नागरिकले त्यसलाई वास्ता नगरेको उहाँले बताउनुभयो ।
‘केही ठाउँमा पानी परिरहेको छ, केही ठाउँमा नक्कली बम राखेको जानकारी पनि छ, तर उत्साहित मतदातालाई केही पनि छेकेको छैन’ आयोगका प्रवक्ता शर्माले भन्नुभयो, ‘पहिलो चरणको चुनावमा विहान १० बजेसम्म पनि केही मतादान केन्द्रमा भोट हाल्न सकिएको थिएन, तर अहिले चाँही ३ सय ३४ वटै तहका सबै मतदान केन्द्रमा मतदान भैरहेको छ ।
’
