भरतपुर । श्रीमती र छोराछोरीलाई सुख दिनका लागि उनी पर्वतबाट बसाइ सरेर चितवन झरे । हाल भरतपुर–११ बस्ने धनराज शर्माले १२ वर्षसम्म खाडीमा पसिना बगाए । उक्त पसिनाको कमाइले भरतपुरमा दुई कठ्ठा पाँच धुर जग्गा र सो जग्गामा घरसमेत बनाए ।
५१ वर्षका उनी हिजो आज आफ्नै घरमा एउटा कोठामा सीमित छन् । घरबाट श्रीमती र छोराछोरीले बस्न नदिएपछि आफू सडकमा डुलिहिडेको तर प्रहरी र छिमेकीको सहयोगमा आफ्नै घरको एउटा कोठामा बस्दै आएको बताए । विभिन्न समय गरी १२ वर्षसम्म विदेशमा बसेर काम गरेका धनराज यो दिन आउला भन्ने कल्पनासमेत गर्ने अवस्थामा थिएनन् । मिलेको घरपरिवारबाट राम्रै साथ सहयोग रहला भन्ने उनको आशा थियो । तर, सोचेको भन्दा फरक हुँदा आज धनराज आफ्नै घरमा एउटा कोठामा बस्न बाध्य छन् । श्रीमतीले भएको जग्गा र घर पनि माइती पक्षलाई बेचेपछि उनी त्यो थाहा पाएर विदेशबाट बीचमै नेपाल आएका थिए । अदालतमा बिक्री बदर माग गर्दै उनी फेरि विदेश हानिए ।
अदालतले उनको नामको जग्गा फिर्ता गर्ने फैसला गरेको छ । उनी भन्छन्, ‘परिवारको विश्वासको भरमा अधिकृत वारेसनामा दिएर जाँदा धोका भयो । करोडौं मूल्य पर्ने घरजग्गा जम्मा २८ लामा बेचेको थाहा पाएपछि उनी पाँच दिनको छुट्टी मागेर नेपाल फर्किएका थिए । एक छोरीको विवाह भइसकेको बताउने धनीरामका दुई छोरी र एक छोरा छन् । श्रीमती र छोराछोरी आज म सँग बोल्दैनन्, उनले भने, ‘कमजोरी उनीहरुको हो कि मेरो हो त्यो सबै आफन्त र छिमेकीलाई थाहा छ । आफूले बनाएको घरमा श्रीमती र छोराछोरी एकतर्फ लागि आफूलाई घरभित्र छिर्दासमेत चोर आयो भनेर हल्ला फैलाउँदा उनी निकै दुखित बनेको बताउँछन् ।
’
आठ वर्ष नेपाली सेनामा जागिर खाएपछि उनी सम्पती कमाउनका लागि विदेश जाने तयारीमा थिए । ५२ सालमा छाडेको सेनाको जागिरपछि उनलाई कोरिया जाने प्रलोभन देखाइयो । आफ्नै साथी दलालका रुपमा उभिएको उनलाई थाहा भएन । सोही समयमा उनको एक लाख रूपैयाँ गुम्यो । त्यसपछि उनी साउदी अरब उडे । १४ महिना त्यही बिताए । काम राम्रो नपरेपछि उनी फर्किए । त्यसको ६ महिनापछि उनी बहराइन गए । त्यहाँ २ वर्ष बिताए । त्यहाँबाट पनि सन्तुष्टी नभएपछि उनी ८ वर्ष अघि कतार हानिए । समय समयमा घर आउने उनी अब विदेश नजाने गरी गत माघ महिना तिर नेपाल फर्किए ।
धनबहादुर जस्ता थुप्रै पुरुषहरु नारीबाट पनि पीडित छन् । विशेष गरी वैदेशिक रोजगारीका लागि गएका पुरुषहरु यस्तो समस्यामा परेको जिल्ला प्रहरी कार्यालय चितवनमा महिला सेलमा कार्यरत प्रहरी नायव निरीक्षक शान्ता पण्डितले बताइन् । धनराजको सवालमा पनि आफूहरुले धेरै कसरत गरी त्यतीको अधिकार दिलाएको उनले बताइन्
