संजीव ओझा/गीतानगर २०७४ असार १७ एस्ट्रल युथ सोसाइटी भरतपुर -०६ चोकबजारले शनिबार एक कार्यक्रमका विच नगद सहित गीतानगर सेरोफेरो फेसबुक सञ्जालका एड्मीन विवेक पोख्रेललाई सम्मान गरेको छ।लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहि सामाजिक संजाल मार्फत विभिन्न संघ संस्था सहित आफ्नो संस्था एस्ट्रल युथ सोसाइटी को कार्यहरू निरन्तर फेसबुक संजाल मार्फत प्रस्तुत गर्दिए बापत संस्थाले पोख्रेललाई सम्मान गरेको हो।
एस्ट्रल युथ सोसाइटी अध्यक्ष प्रकाश भुजेलले मायाको चिनो सहित नगद ५,०००/-(अक्षरमा:पाँच हजार ) बाट पोख्रेललाई सम्मान गर्नु भएको थियो । सम्मान गर्दै भुजेलले गीतानगर सेरोफेरो फेसबुक सञ्जाल को प्रशंसा गर्दै आगामी दिनमा पनि स्थानीय क्षेत्रका गतिविधिहरुको समाचार सम्प्रेषण गर्दै,यहाँको हरेक क्रियाकलापमा यो संजाल अग्रसर हुँदै अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नु भयो।साथै आगामी दिनमा पनि आफू र आफ्नो संस्थाबाट सक्ने सामाजिक,आर्थिक सहयोग गीतानगर सेरोफेरो फेसबुक सञ्जाललाई रहने वताउनु भयो।विगत लामो समय देखि गीतानगर सेरोफेरो फेसबुक सञ्जाल मार्फत भरतपुर ०६ र १३ का विभिन्न गतिविधिहरु स्थल गत वा विभिन्न माध्यम बाट प्रस्तुत हुदै आइरहेको छ।
