पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाँकेमा २५ किलोको मालाले स्वागत गरिएको छ । बाँकेका ब्यापारीहरुले प्रचण्डलाई २५ किलोको माला लगाएर स्वागत गरेका हुन् । पार्टीको चुनावी कार्यक्रममा सहभागी हुने क्रममा बाँकेको नेपालगञ्ज पुगेका प्रचण्डलाई नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतले २५ किलोको माला पहिर्याएर स्वागत गरेका हुन् ।
नेपालगन्जमा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा सहभागी भएका बैश्य लगायतका ब्यवसायीहरुले सोही कार्यक्रममा प्रचण्डलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष बैश्यले माओवादी केन्द्रका मेयरका उम्मेदवार दामोदर आचार्यको प्यानललाई मत मागेका थिए ।
