काठमाडौं । साउदी अरब दुई जना नेपाली कामदारको ज्यान गएको छ ।जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको हो । मृत्यु हुनेमा दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका घर भएका झवेन्द्र प्रसाद बन्जाडेको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।
नेपाली दूतावासका अनुसार वस्नेतको घटनास्थलमा र बन्जाडेको अस्पताल लैजाने क्रममा बाटोमा ज्यान गएको हो । दुवै जनालाई कम्पनीका ‘सेफ्टी अफिसर’ले बेहोस अवस्थामा फेला पारेका थिए । बिहानको तीन बजे सेफ्टी अफिसर फर्किदा दुवैलाई गाडी बाहिर बेहोस अवस्थामा फेला पारेका थिए ।
